हिक्मत ब. नेपाली
अछाम असोज २९ ।
गत असोज १७ गते सुत्केरी व्यथामा अत्याधिक रक्तश्रावका कारण ज्यान गुमाएकी सरिता जैसीका आश्रीत परिवार लाई अमेरिका बाट चन्द्रा देवी तिमिल्सैनाले पठाएको ५१ हजार रकम हस्तान्तरण गरिएको छ । कमलबजार नगरपालिका वडा नं ५ कुईकाका तिमिल्सैनाले हाल अमेरिका बाट पटाएको रकम जनप्रतिनिधिको रोहबरमा उनका छोरा जिवन तिमिल्सैनाले ढकारी ६ गल्वाल स्थीत सरिताका आश्रीत परिवारको हातमै हस्तान्तरण गर्नु भएको हो । दाहासंस्कारका बेला पत्रकार टेक बहादुर थापाले खिचेर अपलोड गरेको मृतकका छोराहरु आफ्नी आमाको चिता जलीरहेको दृश्य हेरीरहेको लगायतका कारुणिक भिडियो हेरी प्रभावित भएर अमेरीका बाट आमाले पठाएको ५० हजार रकम हस्तान्तरण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका जिवन तिमिल्सैनाले जानकारी दिनु भयो ।




