हिक्मत बहादुर नेपाली
अछाम, कार्तिक २ ।
कमलबजार नगरपालिका वडा नं २ बजुडामा आज परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र वडाको समन्वय तथा आस्था नेपाल र वाक नेपालको सहयोग सहजिकरणमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाको सन् २०२४ मा संचालित कार्यक्रमको समीक्षा र सन् २०२५ मा सञ्चालन गर्ने कार्यक्रमको जानकारी सहित परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कमलबजार नगरपालिका वडा नं २ का वडा अध्यक्ष दीर्घा टमट्टाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा अथिती वडा सदस्य, राजनीति दलका प्रमुख एवं प्रतिनिधि बिद्यालय प्रध्यानाध्यापक, समाज सेवी महिला स्वयम् सेबिका लागायत रहनु भएको थियो । कार्यक्रममा बाल संजालका प्रतिनिधी, आस्था नेपाल र वाक नेपालका कर्मचारी लगायतको उपस्थिीती रहेको थियो ।
आस्था नेपालको बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना र वाक नेपालको एकीकृत उत्थानशिल जिबिकोपार्जन पोषण परियोजना अन्तरर्गत सन २०२४ मा सञ्चालन गरेका कार्यक्रमको प्रगति समिक्षा र सन २०२५ मा सन्चालन गर्ने कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागिहरुले आस्था नेपाल र वाक नेपालले सञ्चालन गरिरहेका कार्यक्रम समुदाय स्तरमा राम्रो सकारात्मक प्रभाव रहेको र आगामी दिनमा थप कार्यक्रम लाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । आस्था नेपालले संचालन गर्ने रुपान्तरण कक्षा लागायत अन्य जोखिम बाल बालिकालाइ शैक्षिक सामाग्री बितरण जस्ता मह्त्वपुर्ण कार्यक्रममा वडा तह बाट बजेट साझेदारी गरि समग्र प्रभावकारि भएको र आगामी दिनमा थप प्रभावकारी बनाइ बाल बालिकामा बाल समृद्धि ल्याउन सहयोग गर्ने प्रतिबद्धता सहित वडा अध्यक्ष टमट्टालेृ कार्यक्रमको अनुगमनमा जोड दिनु पर्ने सुझाब दिएका छन ।
परियोजनाले सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारि बनाउन स्थानीय वडा तहले गर्ने सम्पुर्ण काममा सहयोग दिने कुरा जानकारी सहित कार्यक्रम समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही र नम बहादुर बिष्ट ले गर्नु भएको थियो भने वाक नेपालको तर्फबाट सामाजिक परिचालक दिनेश बि क ले गर्नु भएको कार्यक्रमको सञ्चालन आस्था नेपालका नम बहादुर बिष्ट ले गर्नु भएको थियो ।




