📝सत्यराज तिमिल्सैना
वडा अध्यक्ष तथा नगर प्रवक्ता
कमलबजार नगरपालिका अछाम 

नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार (दिपावली) को एउटा सौन्दर्य पक्ष देउसी भैलो हो। पछिल्लो समय गाँउघरमा प्रस्तुत हुने देउसी मौलिकता पन खासै देखिदैन । देउसी भैलि प्रस्तुत गरिदा मौलिकता पन संगैं समाज परिवर्तनका विषय बस्तु उठान गर्न आवश्यक छ । समाजमा रहेका कुरिति कुसंस्कार हटाउन देउसीभैलोमा गाईने गीतका सन्देशमुलक सामाग्री प्रस्तुत गर्न सकेमा त्यसले समाजमा सकारात्मक परिवर्तन हुने मेरो विश्वास छ ।
अतह : यस पालिको तिहारमा देउसी भैलो खेल्नुहुने भाईबहिनीहरुले समाज रुपान्तरण गर्ने सन्देश मुलक गीत जस्तै :छाउप्रथा अन्त्य ,बालबिवाह अन्त्य ,शैक्षिक सुधार ,छुवाछुत अन्त्य,कृषि उत्पादन ,स्थानिय उत्पादित फुलका माला लगाउने लगायतका गितहरु गाउन सुझाव दिन चाहान्छु । साथै माथि उल्लेखित कुरा नभएर निराशा , हिन्तावोध भएर गाउने टिमलाई दान नदिदा आगामी बर्षका दिनमा केहि फरक हुन्थ्यो होलाकी।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय