जिल्लाको सदरमुकाम समेत रहेको मंगलसैन नगरपालिकामा चालु आर्थीक बर्ष २०८२/८३ को कुल बजेट ६० करोड रहेको छ । सो अन्र्तगत रहेर नियमित प्रशासनिक कार्य, विकास निमार्ण, आर्थिक विकास, पुर्वाधार विकास, सामाजिक विकास, वन वातावरण र सुशासन गरि ५ क्षेत्रमा नियमित सेवा प्रवाह भईरहेका छन । चालु आर्थीक बर्ष मा १ करोड २० लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य लिईएकोमा विभिन्न शिर्षकमा उठाउनु पर्ने राजश्व संकलन र वेरुजु असुल गरि ७२ लाख भन्दा बढी प्रगती भएको देखिन्छ । प्रस्तुत छ कमलबजार दैनिक डटकमका सम्पादक हिक्मत बहादुर नेपालीले मंगलसैन नगरपालिकाको दैनिक सेवा प्रवाह तथा सार्वजनिक सरोकारका अन्य बिषयवस्तु संग सम्बन्धीत रहेर पालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी संग गरिएको संवादकाे सम्पादित अश
यहाँलाई सवादमा हार्दिक स्वागत छ ।
धन्यवाद ।
मंगलसैन नगरपालिका बाट आम नागरिकका लागि प्रदान हुने सेवा के कसरी प्रवाह भईरहेका छन ? आ.व. २०८२/८३ मा योजना कार्यान्वयनको अवस्था के छ ?
सर्वप्रथम मंगलसेन नगरपालिकाको सेवा प्रवाहका सन्दर्भमा र योजना कार्यान्वयनको अवस्थाका बिषयमा आम नागरिक समक्ष जानकारी राख्ने अवसर दिनु भएकोमा यहाँलाई र यहाँको सञ्चार माद्याम लाई धन्यवाद । यस आर्थिक बर्षको दोश्रो चौमासिक अवधि सकिएको छ । यस पालिकाको यस आर्थीक बर्षको कुल बजेट ६० करोड रहेको छ । सो अन्र्तगत रहेर नियमित प्रशासनिक कार्य, विकास निमार्ण, आर्थिक विकास, पुर्वाधार विकास, सामाजिक विकास, वन वातावरण र सुशासन गरि ५ क्षेत्रमा नियमित सेवा प्रवाह भईरहेका छन । विशेषह विकास निमार्णका सन्दर्भमा पुर्वाधार विकास शाखाको कामलाई लिईन्छ । उपभोक्ता बाट हुने कामका लागी ८० प्रतिशत भन्दा बढी सम्झौता भएर कार्यान्वयन भएको अवस्था हो । सम्झौता भएका मध्ये ५० प्रतिशत भन्दा बढीको भुक्तानी भई सकेको छ । त्यस अलवा कतिपय संघिय प्रादेशिक समपुरक र विशेष योजना हुन्छन साथै पालिकाबाट अलि ठुलो मात्रामा बजेट विनियोजन भएका योजनाको सार्वजनिक खरिद ऐन नियमावली बमोजिम टेन्डर प्रकृयामा सम्झौता भएका छन । कतिपय मुल्यांकलको चरणमा रहेको अवस्था छ । हाम्रो पालिकामा वित्तिय प्रगतीको अवस्था हेर्दा चालु तर्फ करिव ४६ प्रतिशत हाराहारी पुगेको छ । विकास निमार्ण तथा पुर्वाभार तर्फ ३६ प्रतिशत बराबर रहेको अवस्था देखिन्छ ।
सुशासनको प्रत्याभुती दिलाउन पालिकाले आफ्नै प्रशासकीय भवन बाट सेवा प्रवाह गरिरहेको छ तथापी यस पालिकामा जिल्लाको सदरमुकाम समेत रहेको सुगम वडा देखी वस्ती जस्तो विकट वडा पनी यहि पर्दछन । समग्र पालिकाको समुचित विकासका लागी कसरी काम गरिरहेको छ ?
नागरिक मैत्री विकासको प्रत्याभुती दिलाउन भौतिक पुर्वाधारको पाटो पनि मुख्य रहन्छ । यस अन्र्तगत पालिकाको भवन र ६ वटा वडाको भवन निर्माण भईसकेका छन । दुई वटा वडाको भवन निमार्णका लागी चालु आर्थिक बर्षमा काम भईरहेको छ । अन्य वडा कार्र्यालयको भवन निमार्ण कार्यलाई क्रमश अगाडी बढाउने तयारी छ । यस्तै पालिका भित्र अधिकांश वडामा स्वास्थ्य चौकीका भवन निमार्ण गरिसकेका छन । यो संगै सेवा प्रवाहलाई समयसापेक्ष बनाउन विद्युत्तिय शासन प्रणली लाई अवलम्बन गर्ने कार्य लाई प्राथमिकता दिएका छौं । यस अन्र्तगत सवै वडा कार्यालयमा नेपाल टेलिकम लगायतका अन्य ईन्टरनेट सेवा प्रदायक निकाय संगको सहकार्यमा ईन्टरनेट जडान गरिसकेका छौं । कार्य सम्पादनमा समस्या सिर्जना दरबन्दी अनुुसारको कर्मचारी नहुदा भएको छ । त्यस कारण सेवा प्रदान गर्नमा केही समस्या सिर्जना भएको देखिन्छ । यद्यपी उपलब्ध जनशक्ति लाई अधिकतम परिचालन गरेर वडा कायालयहरुमा सबै स्वास्थ्य संस्थामा र नगरपालिकामा सेवा प्रवाह गरिरहेका छौं । उपलब्धीको सन्दर्भमा कुरा गर्दा चालु आवमा १ करोड २० लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य लिईएकोमा विभिन्न शिर्षकमा उठाउनु पर्ने राजश्व संकलन र वेरुजु असुल गरि ७२ लाख बराबर प्रगती भएको देखिन्छ ।
यस अघि राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुंल्यांकनमा विभिन्न सूचकका आधारमा मंगलसैन नगरपालिका जिल्लाको प्रथम पनि भएको थियो । निरन्तरता कायम राखी थप सुधार गर्न पालिकाले के के गरिरहेको छ ?
स्थानीय सरकारको अन्तिम लक्ष्य भनेको नागरिक सन्तुष्टी नै हो । नागरिक सन्तुष्टी भन्नाले सेवा प्रकृयामा सरलिकरण र सेवामा गुणस्तरीयता यि दुई कुरामा जोड दिएरनै हामीले नागरिकको मन जिल्न हो । यस अन्तरगत विभिन्न सुचक पहिले लिजा थियो अहिले एलजिपास राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुंल्यांकनमा यस अघिको भन्दा हाम्रो पालिकामा केही घटेको देखिन्छ । यद्यपि कार्यसम्पादन मुंल्यांकनमा दाविको समयाअधीमा हामीले दावि पनि गरेका छौं । हाम्रो अहिले ६३.९४ अंक आएको छ । त्यसमा ७ देखी ९ अंक बढ्ने दावी हाम्रो छ । त्यसका अलवा हामीले वेरुजु घटाउने प्रयाास गरेका छौं । विगत ५ बर्षको तथ्यांक लाई तुलनात्मक रुपमा हेर्दा बर्षेनी घटिरहेको पनि छ । त्यसका अलावा हामीले आन्तरिक नियन्त्रण प्रणाली लाई व्यवस्थित गरेर सेवा प्रवाह लाई सहज बनाउदै लैजाने छौं । यि विभिन्न प्रयासका बाबजुत विभिन्न समयमा मुंल्यांकन बहुआयामिक हुन्छ । त्यसमा सेवा प्रवाह, राजश्व संकलन बजेट समयमा निमार्ण र त्यसको कार्यान्वयनको अवस्था लगायत झन्डै एक सय हाराहारीका सूचक छन र ति प्रत्येक सूचक लाई हामीले सेवा प्रवाहमा जोड्ने प्रयास गरिरहेका छौं ।
कतिपय स्थानीय तहमा वडा सचिव लगायत दरवन्दी अनुसार कर्मचारी नहुदा सेवा प्रवाहमा समस्या भईरहेको नागरिकको गुनासो सुनिन्छ । मंगलसैन नगरपालिकामा वस्तु स्थिती केछ सुधार गर्नुपर्ने पक्ष केके छन ?
सामान्यतया कर्मचारी अनुपस्थित रहेने समस्या कतिपय क्षेत्रमा देखिन्छ । हामीले कर्मचारीको अनुपस्थिती दरलाई घटाउन ईहाजिरी लाई कडाईका साथ लागु गरेका छौं । प्रत्येक दिन उपस्थिती रिपोर्ट हेछु थप सहजताका लागी ल्यापटप डिभाईस संगै मोबाईलमा समेत लिंक गरेको छु । प्रत्येक दिनको हाजिरी फलोअप हुने गर्दछ । त्यसैले कर्मचारी अनुपस्थित हुने गुनासो धेरै आएको छैन । कहिलेकाही कर्मचारी विदामा बसेको वेला नागरिकले कार्यालयमा कर्मचारी भई दिएको भए हुन्थो भन्ने अपेक्षा राख्नु स्वभाविक हो त्यसलाई पनी हामीले व्वस्थापन गरिरहेका छौं । पालिका मातहतका कार्यालय बन्दै छन भन्न्े नागरिक स्तरबाट गुनासो आएको छैन । कर्मचारी भर्ना प्रकृयाका सन्दर्भमा प्रदेश लोकसेवा आयोगको गुनासो सुस्त त्यस कारण पालिकाको स्विकृत दरवन्दी अनुसार कर्मचारीको समस्या छ ।
सडक संंजाल गाउगाउमा जोडिएता पनी मर्मत सम्भार सरसफाई र स्तरोन्नतीको पाटोमा कमि देखिन्छ । पुर्वाधार विकासका क्षेत्रमा पालिकाले तिनै तहको सरकार संग कसरी समन्वय गरेर काम गरिरहेको छ ?
हाम्रो नगरपालिकामा २२० वर्ग किलोमिटर क्षेत्रफल पर्दछ । १४ वटा वडा रहेका छन । सडक संजालको हालको तथ्यांक हेर्दा दुई सयको हाराहारीमा छन यद्येपी हामीले ति सवै सडक सरसफाई गर्न सकिएको छैन । त्यस भित्र पालिकाका प्रत्येक वडाका वडा कार्यालय तथा स्वास्थ्य चौकी सम्म पुग्ने मुख्य एक वटा सडक नियमित संचालनका लागी नगरपालिकाकाले मर्मत सम्भार तथा सरसफाई गर्ने अन्य सडक लाई वडाले नै सरसफाई गर्ने गरि बजेट विनियोजन गरेका छौं । हाम्रो सवै भन्दा बढी असजिलो सडक वडा नं १ र १३ मा छन तिनलाई प्राथमिकतामा राखी वडाको, पालिकाको र सडक बोर्ड नेपाल बाट आउने बजेट लाई समेत सदुपयोग गरेर मर्मत सम्भार तथा सरसफाई गरिएका छन । तथापी सडक पुर्वाधारका क्षेत्रमा मर्मत सम्भार तथा सरसफाई र स्तरोन्नतीका कार्य अपेक्षाकृत हुन भने सकेको छैन ।
जिल्लाको सदरमुकाम समेत यसै पालिकामा पर्ने भएकाले अन्य पालिका भन्दा केही व्यवस्थीत देखिन्छ । विभिन्न ठाँउमा जनप्रतिनिधी र कर्मचारीको तालमेल नमिल्दा नागरिकले सास्ती वेहोरि रहेको उदाहरण छन । कार्यालयले समन्वयत्मक भुमिका कसरी निर्वाह गरिरहेको छ ?
जनप्रतिनिधी र कर्मचारीको त्यति ठुलो टकरावत छैन मंगलसैन नगरपालिकामा यद्येपी कहिलेकाँही बुझाईको तालमेल नमिल्दा कतिपयमा समन्वयमा ससाना समस्या देखा परेका हुन । नागरिकको सेवा प्रवाहमा जनप्रतिनिधी र कर्मचारीले आआफ्नो भुमिकाका बिषयमा प्रष्ट भयो भने यस्ता असमदारी जस्ता समस्याको समाधान गर्न सकिन्छ । जनप्रतिनिधी र कर्मचारी संग निरन्तर संवाद समन्वय मैले क्षेत्र बाट सक्नेजती गरिरहेको छु । बाहिरि तवर बाट मुंल्यांकंन गर्ने पाटो त नागरिक तवर बाट र यहाँहरुले गर्न सक्नु हुन्छ ।
विगत देखी नै समस्याको रुपमा रहेको विकास बजेट असार मसान्तमै बढी खर्च हुने जसले गर्दा गुणस्तरहीन काम हुने परिपाटी छ अर्थात असारे विकास लाई रोक्न समयमै योजना निमार्ण तथा भुक्तानीको पाटोमा यहाँले कस्तो भुमिका खेलिरहनु भएको छ ?
यसलाई नेपालको विकासको क्षेत्रमा रोगकै रुपमा लिन सकिन्छ । किनभने आर्थीक बर्षको अन्त्येमा चलायमान हुने केही हिस्सा अर्थात कारणमा बजेट निकासामा ठिलाई भएता पनि अधिकतम भुमिका भनेको कार्यान्वयन गने निकायकोनै हो । यस कुराका म व्यक्तिगत तथा कार्यालयको तर्फबाट एकदम सजक छु । उपभोक्ताले गर्ने योजनाको ८० प्रतिशत भन्दा बढी सम्झौता भईसकेको छ । विविध कारणले १५÷२० प्रतिशत बाँकी होला । सम्झौता भई कार्य सम्पन्न भएका योजनाको ५० प्रतिशत भन्दा बढी भुक्तानी भई सकेको छ । अरु कुरा लाई निकै रम्पारमा लिन लाई कडाई गरिरहेका छौ । बहुबर्षिय ठेक्का बाहेकका योजना लाई अन्य कुनैलाई असार सम्म लिने पक्षमा छैनौ. । मैले प्रत्येक शाखा प्रमुख लाई पनि कार्ययोजना अनुरुपमै कार्य समयमै सम्पादन गर्न सुझाव दिएको छु । विगत बर्षलाई हेर्ने हो भने पनि आर्थिक बर्षको अन्तीम २ महिनामा ३० प्रतिशत जति भुक्तानी भएको तथ्यांक छ । त्यसलाई यस बर्ष घटाउने गरि काम गरिरहेका छौं ।
प्राकृतिक श्रोतको प्रयोग तथा राजश्व संकलनका क्षेत्रमा प्रत्येक पालिकाका आआफ्नै विशेषता हुन्छन । मंगलसैन नगरपालिकाले प्राकृतिक श्रोत साधनको अधिकतमा प्रयोग गरि सन्तुलित विकासका क्षेत्रमा केकसरी काम गरिरहेकोे छ ?
पक्कैपनी संघियताको मुलमर्म पनी वित्तिय संघियता हो । यसको बलियो खम्बानै आन्तरिक राजश्व क्षमता वृद्धि गर्नुनै हो । यद्येपी मंगलसैन नगरपालिका जस्तो पहाडी भूभागका क्षेत्रमा यो चुनौतिपुर्ण छ । हाम्रो पालिकाको सन्दर्भमा भन्दा प्राकृतीक श्रोत साधनको प्रयोग बाट प्रयोग हुने रावश्व संकलन एकदमै न्यून छ । नदिनाला का सन्दर्भमा कैलाश खोला छ त्यहाँ ठेक्कै लगाउने खालको त्यस्तो श्रोत छैन । बुढीगंगा नदिको केहि भाग यस पालिका संग जोडिएको छ त्यहाँ सडक सञ्जाल लामो पर्ने भएकाले त्यहाँ भन्दा कर्णाली र साँफेवगर बाट ल्याउन सजिलो हुने भएकाले हाम्रो प्राकृतिक श्रोत बाट हुने आम्दानी एकदमै न्यून हो । सदरमुकाम समेत पर्ने बजार यस पालिका क्षेत्र भित्र पर्ने भएकाले विभिन्न घरवहाल कर, व्यापार व्यवसाय दर्ता नविकरण बाट प्राप्त हुने राजश्वमा जोड दिइरहेका छौं । त्यसका साथ साथैं वेरुजु बाट असुल हुने रकम कार्यपालिका बाट निर्णय गरेर असुल गरिरहेका छौंं । वेरुजु २५ लाख असुल भएको छ । निजि क्षेत्र बाट उत्खनन हुने ढुंङगा गिट्टी लाइ स्थानीय प्रहरी संगको सहयोगमा करको दायरामा ल्याउन कडाइ गर्दैछौं ।
स्थानीय सरकारले विभिन्न आवश्कताको आधारमा काम गर्नु गर्ने गर्छ । स्थानीय सरकारको कामकारवाहीलाई हेर्ने अर्को निकायले कतिपय भुक्तानी वेरुजुमा राखिदिन्छ । चुनौतीको रुपमा रहेको वेरुजु समस्या लाई कम गर्न मंगलसैन नगरपालिकाले पालिकाले केके गरिरहेको छ ?
वेरुजु आउने मुख्य कारणत त्यो संग सम्बन्धीत क्षेत्रको ऐन कानुन निति नियम कार्यान्वयनमा कमि हुनुनै हो । कतिपय अवस्थामा कस्तो हुन्छ भने सम्बन्धित क्षेत्रको दक्ष जनशक्ती अभाव देखिन्छ त्यस कारण निति नियमको कार्यान्वय गर्न चुकेका हुन्छौं । कतिपय भुुलचुक हुन्छ , प्रकृयामा चुकेर वेरुजु हुन्छ । वेरुजु पनि नियमित गर्ने, असुलउपर गर्नुपर्ने, पेश्की वेरुजु लगायत विविध प्रकृतीको हुन्छ । त्यसमा असुल गर्नुपर्ने वेरुजु एकै बर्षको भन्दा पनि ४/५ बर्ष देखी आईरहेको हुन्छ त्यसलाई असुल गरिरहेका छौं । मुख्यतया आर्थीक ऐन र नियमावली अबलम्बन गर्नु परि हाल्यो त्यो संगैं सम्बन्धित कार्यक्रम कार्यान्वयन गर्ने ऐन निर्देशिका, मापदण्ड हुन सक्छ । तिनिहरुलाई मसिनो ढंगले अध्ययन गर्दा वेरुजु कम गर्न सकिन्छ । गत आवमा ०.६६ प्रतिशत वेरुजु थियो त्यसलाई यस बर्ष घटाउने कोशिस गरिरहेका छौं ।
अन्त्यमा, सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन आम नागरिकको तवर बाट के अपेक्षा गर्नुहुन्छ र उहाँहरुलाई के आग्रह गर्न चाहानुहुन्छ ?
सेवा प्रवाहमा दिने र लिने दुवै सजक हुनुपर्छ । कहिकतै केही गुनासो भएमा सेवा प्रवाहमा समस्या सिर्जना भएमा सिधैं कार्यालय प्रमुख लाई सम्पर्क गर्न सक्नुहुनेछ । हामी नगर प्रमख, उपप्रमुख वडा अध्यक्ष लगायतका जनप्रतिनिधी संग समन्वय छलफल गरेर विभिन्न समस्याको समाधान गरिरहेका छौं । यो कार्यमा आम नागरिकको पनि सहयोगको अपेक्षा गरिरहेका छौं ।
समय र संवादका लागि यहाँलाई धन्यवाद ।
मंगलसैन नगरपालिका बाट हुने सेवाप्रवाह र हाल सम्म कार्य सम्पादन भएका गतिविधी, प्रगति आगामी दिनमा गर्नुपर्ने कार्यका सन्दर्भमा आम नागरिक समक्ष पु¥याउने अवसर दिनु भयो । त्यसका लागि तपाई र तपाई आवद्ध सञ्चार माद्यामलाई पनि धन्यवाद व्यक्त गर्न चाहान्छु ।
Audio :
Video Full Youtube Link :
FB Link : https://www.facebook.com/share/v/17nZayJTjt/




