
हिक्मत बहादुर नेपाली
अछाम माघ ११ ।
कमलबजार नगरपालिका अन्तर माद्यामिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०८१ उद्घाटन गरिएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ १५ अौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोटका लागि प्रतियोगिता कमलबजारको चौकेगडा खेल मैदानमा सुरु गरिएको हो ।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पुर्व जिल्ला विकास समितिका सभापति भरत कुमार स्वार रहनु भएको थियोे ।
प्रमुख अतिथिको आसन बाट बोल्दै स्वारले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विद्यालय तह बाट नै खेलाडी उत्पादन गर्ने थलो भएकाले यसलाई उत्सवका रुपमा लिनुपर्ने बताउनु भयो । स्थानीय सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत लोकेन्द्र कुमार चलाउनेले गर्नु भएको थियो । प्रतियोगितामा कमलबजार नगरपालिका अन्तर्गतका ११ वटा माद्यामिक विद्यालयमा अध्ययनरत छात्र तथा छात्राको सहभागीता रहेको छ ।