हिक्मत बहादुर नेपाली
अछाम जेठ २२ ।
अछाममा छुट्टाछुट्टै दुर्घटनामा परी २ जना गम्भीर घाईते लाई भएका छन । घाईते दुवै जना लाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागी प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा न १ लाम्पाटा बस्ने वर्ष ४२ का लक्ष्मीकान्त बजगाइँ आज विहान ७ बजे भिरबाट लडेर गम्भीर घाईते हुनु भएको हो भने पञ्चदेवल विनायक नगरपालिका वडा नं २ का अध्यक्ष कृपा बहादुर धामी सडक दुर्घटनामा परि घाईते हुनु भएको छ । पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य शाखा इन्चार्ज समेत रहेका बजगाइँ घर भन्दा ८०० मिटर पश्चिम रहेको लामपटा भीरमा खानेपानीको पाइप बनाउन जाने क्रममा एक्कासी लडी घाइते भएको र बजगाईको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर छ । यस्तै पञ्चदेवल विनायक नगरपालिकामै आज विहान ९ बजे तिर पञ्चदेवल विनायक न.पा.२ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना भएको छ । विनायकबाट मंगलसेनतर्फ जाँदै गरेको जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.४ बस्ने अंन्दाजी.३४ वर्षका दिपेश थापाले चलाएको क ०२–००१ च ०२०० नं. को स्करपियो र विपरीत दिशाबाट आइरहेको जिल्ला अछाम पञ्चदेवल विनायक न.पा.२ बस्ने अंन्दाजी.५२ वर्षका कृपाबहादुर धामीले चलाएको लु.९४ प ३१३७ नं.को मोटरसाईकल.एक आपसमा ठोकिँदा मोटरसाईकल.चालक कृपा बहादुर धामीको दुवै खुट्टा र ढाडमा चोट लागेको छ । उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पठाएको थियो । त्यहाँ उपचार सम्भव नभए पछी थप उपचारका लागी प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको हो । मोटरसाइकलको अगाडिको भागमा क्षति, स्करपियोको दाँया भागको हेड लाइट फुटेको, स्कारपियोको चालक, स्करपियो र मोटरसाईकल. इ.प्र.का.विनायको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशब खड्काले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय