कमलबजार, श्रावण ०९ ।
कमलबजार नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपसभापति चेतराज ढकालले आफ्नो जन्मदिनको अवसरमा एक उदाहरणीय सामाजिक कार्य गर्नुभएको छ। ढकालले तुर्माखाद गाउँपालिका वडा नम्बर ८ निवासी पारस नेपालीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । आमाको निधनपछि विगत एक–दुई वर्षदेखि मामाघरमा बस्दै आएका पारस नेपाली हाल कमलबजार नगरपालिका वडा नम्बर ३ स्थित मामाघरमा बस्दै आउनु भएको छ।
जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा मात्र नभई सामाजिक सेवासँग जोड्दै भाइ पारस नेपालीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण गरिएको चेतराज ढकालले बताउनुभयो । यस कार्यले पारस नेपालीको शिक्षाप्रतिको उत्साह बढाउनुका साथै समाजमा जन्मदिन तथा अन्य विशेष अवसरलाई सामाजिक सेवामार्फत अर्थपूर्ण बनाउने सकारात्मक सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय