कमलबजार नगरपालिकामा सुरुवा भई आउनु भएका अधिकृत साउद र ईन्जिनियर अधिकारीको स्वागत
हिक्मत बहादुर नेपाली
अछाम श्रावण ०७ ।
विभिन्न पालिका बाट अछामको कमलबजार नगरपालिकामा सुरुवा भई आउनु भएका शिक्षा अधिकृत साउद प्रेम बहादुर साउद र सव ईन्जिनियर झनक अधिकारीको स्वागत गरिएको छ । आज एक कार्यक्रमका विच कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट (कुँवर) , निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्ट लगायतले टीका खादा लगाएर स्वागत गर्नु भएको ।
अधिकृत साउद बाजुराको गौमुल गाउपालिका र ईन्जिनियर अधिकारी अछामको मंगलसैन नगरपालिका बाट कमलबजार नगरपालिकामा सरुवा भई आउनु भएको हो । स्वागत कार्यक्रममा बोल्दै अधिकृत साउदले आफुले शिक्षा क्षेत्रमा सक्दो योगदान पुर्याउने बताउनुभयो । यस्तै ईन्जिनियर अधिकारीले पुर्वाधार विकास क्षेत्रमा विगतका अनुभव लाई आत्म साथ गरि कमलबजार नगरपालिकाको विकासका क्षेत्रमा सबै संग सहकार्य गरी रचनात्मक ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।




