
भारत, Feb 14
लाखौं रकम चोरेर एक व्यक्ति भारत बाट फरार भएका छन । फरार हुनेमा अछामको विनायक घर बताउने सन्तोष जैसी रहेका छन ।
यता भारतको यमुनानगरमा चोरीको केसमा दुइजना निर्दोष व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी भएको थियोे घटना
अछाम विनायक घर भनेर हाल बाबैचोर बस्दै आयका संतोष जैसी नाम भएको व्यक्तिको श्रिमतीले यमुनानगर आयर त्यहा नविन देउवासंग भेटघाट भयो अनि भनिन । म एक्लै आको छु मलाइ कतै काम लगाइदिनु भनिन अनि नविन देउवा ले भन्नु भयो मसंग त काम छैन मेरो एउटा साथि छ तेसले काम लगाइदिन्छ त्यो काम लगाइदिने दाइको नाम राजु नेपाली हो । उनको नेपाल घर स्यांजा हो । भने पश्चात् नेपालीले काम लगाइ दिए ।भारतको गुडगाउ भन्ने ठाउमा घरमा काम लगाएको र त्यो घरबाट महिलाले चोरी गरेर भागेको बताईएको छ । काम लगाइदिने राजु नेपाली र नविन देउवालाई चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । नेपाली र देउवा निर्दोष भए पनि चोरी गरि फरार भएका सन्तोस जैसीकै कारणले जेलमा बस्नुपरेको छ ।
सन्तोष जैसिलाई पक्राउ गरि निर्दोष नेपाली र देउवा लाई रिहा गर्न त्यहा स्थित नेपालीहरुले आग्रह गरेकाछन । दोषीलाई पक्राउ गरि कारवाही गराउन सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ ।
त्यहाँ स्थित दिपक लचेलले सामाजिक सञ्जालमा यो खवर व्यापक रुपमा शेयर गरि खोजि कार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन ।