तुर्माखाद गाउँपालिका वार्ड नं १ २ र ६ मा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूको सहभागितामा विपत सम्बन्धी शब्दावली विपत पूर्वतयारी तथा बहुप्रकोप नक्सा सम्बन्धी अभिमुखीकरण कार्यक्रम एक कार्यक्रमका साथ सम्पन्न भएको छ। तुर्माखाद गाउँपालिका वार्ड १ रहफ को बिन्द्रासैनी मावि वार्ड नं २ भुलुको सूर्यमावि र वार्ड नं ६ रानीवनको मेनका माविमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विपदका शब्दावली विपद पूर्व तयारी तथा बहुप्रकोप नक्सा सम्बन्धी विद्यार्थीहरूलाई जानकारी गरियो थियो वाक नेपाल र सि बि डि आर आर परियोजनाको सहजीकरणमा सञ्चालन भएको कार्यक्रमको सहजीकरण वाक नेपाल सि बि डि आर आर परियोजनाका अधिकृत सुरेश शर्मा र सामाजिक परिचालक निरक सुनार ले गर्नुभएको थियो। विद्यालय स्तरमा पढाइने विपदका सवाल हरुलाई विद्यार्थी मार्फत समुदायमा सम्प्रेषण गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम मा १५० जना विद्यार्थीहरू सँगै शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रम भाद्र १५,१६र १७ गते सञ्चालन भई सम्पन्न गरिएको थियो।




