२०८२ कार्तिक १८,

नेपालको पहिलो स्मार्ट सटिफिकेट प्राप्त पहिलो बित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा हिरा बहादुर आले नियुक्त भएका छन् ।

२०८२ कार्तिक १३ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले आलेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बि.सं २०३० साल मंसिर १२ गते दैलेखको डंगेशवर नगरपालिका वडा नं ६ डुंगेशवरा जन्मेका हाल काेहलपुर नगरपालिका ११ बांके निवासी आले बिगत लामो समय देखी बैंक तथा बित्तीय संस्थाको अनुभव भएका ब्यक्ति हुन  ।

उनले सार्वजनिक प्रशासन, सार्वजनिक नीती, योजना बिकासमा एमफिल सम्मको उपाधी हासिल गरेका छन् ।

उनले ब्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

२०८२ मंसिर १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो भने उनको कार्यकाल २ वर्षको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय