हिक्त बहादुर नेपाली
अछाम पुष १३ ।
अछामको कमलबजार नगरपालिका नगरपालिकामा अवस्थित राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनको सेवा सुचारु भएको छ । अस्थायी स्टेशनको डिभाइसमा प्राविधिक समस्या आई गत असोज २८ गते देखि अवरुद्ध रहेको सेवा आज आईतबार बाट सेवा सुचारु भएको हो ।
राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा अवरुद्घ भए पछि यश क्षेत्रका लागि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मंगलसेन पुग्न बाध्य थिए ।
स्टेसनमा विग्रिएको डिभाईस राष्ट्रिय परिचय तथा पञ्जिकरण विभाग सिंहदरबार काठमाडौंमा फिर्ता गरि नयाँ डिभाईस प्राप्त गरे संगै आज बाट सेवा सुचारु भएको कमलबजार नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सम्बन्धि काम पालिकामा सुचारु भईसकेकाले आम नागरिकलाई सुविधा लिन हुन कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले अनुरोध गर्नु भएको छ । हाल सम्म कमलबजारमा स्थापना भएको स्टेसन बाट कमलबजार नगरपालिका , ढकारी गाउपालिका र तुर्माखाद गाउपालिकाका २५ सय भन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र बनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय