लामो समयदेखि सर्वसाधारण जनताको जीवनसँग प्रत्यक्ष जोडिएको जंगलघाट पुल निर्माण अवरोधमा रहँदै आएको यथार्थ सबैका सामु स्पष्ट छ। यस विषयलाई गम्भीरतापूर्वक उठाउँदै निरन्तर संघर्ष, दबाब र संवादको अगुवाइ संघर्ष समिति तथा जिम्मेवार नेतृत्वले गर्दै आएको छ। सबै सरोकारवालाबीच भएको एकीकृत, केन्द्रीकृत र परिणाममुखी छलफलबाट स्पष्ट निष्कर्ष निस्किएको छ । संंघर्ष समिति र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ विचको छलफलमा सो निष्कर्ष निस्किएको हो ।
सो छलफलमा क्रममा उठान भएका मुख्य बिषय वस्तु यस्ता थिए ।
अब जंगलघाट पुल उहीँ पुरानो स्वरूप, उहीँ विधि र तरिकाले होइन,
👉 नयाँ स्वरूप, नयाँ विधि र नयाँ प्रक्रियाबाट निर्माण गरिनेछ।
संघर्ष समितिको पहलमा फास्ट–ट्र्याक प्रक्रिया अपनाउने,
बजेट सुनिश्चित गर्ने,
निर्माण कार्य शीघ्र सुरु गर्ने स्पष्ट समझदारी भएको छ।
हामी स्पष्ट रूपमा भन्छौँ—
✊ जंगलघाट पुल अब रोकिन्न, यो अघि बढ्छ!
यस उपलब्धिलाई सम्भव बनाउने सम्पूर्ण जनसमुदाय, सरोकारवाला निकाय र संघर्षमा साथ दिने सबैप्रति संघर्ष समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ। जबसम्म पुल निर्माण सम्पन्न हुँदैन तब सम्म संघर्ष जारी रहने संघर्ष समितिका संयोजक निरक सिको उद्घोष छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय