टेक राज भण्डारी

पाैष १४, अछाम ।
गंगा माध्यमिक विद्यालय तेसिंगेमा किशाेरीहरुका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम शुरु भएको छ ।
किशाेरीहरुलाई आत्मरक्षा गर्नका लागि सहयोग पुर्‍याउने उद्देश्यले तालिमको आयाेजना गरिएको हाे ।
सामाजिक विकास कार्यालय अछामको आयाेजनामा तालिम सञ्चालन गरिएको हाे ।
किशाेरीहरुलाई आत्मरक्षाका लागि प्रशिक्षित गर्ने, घरेलु हिंसा, लैंगिक हिंसाबाट बच्न सीप सिकाउने तथा हिंसामा परेका अरु महिलाका लागि पनि सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले बताउनु भयाे ।
कार्यालयले जिल्लाका १० वटै पालिकाका विभिन्न विद्यलयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाे भन्दै प्रमुख रावलले तालिमले किशाेरीहरुमा आत्मरक्षाका लागि आत्मविश्वास बढाउने बताउनुभयाे ।
सामाजिक विकास कार्यालयले किशाेरी आत्मरक्षाका साथै लागूपदार्थ दुर्व्यसन बिरुद्ध पनि विभिन्न विद्यालयका विद्यार्थीलाई सुसूचित गराईरहेकाे बताउनु भयाे । लागूपदार्थले किशाेरकिशाेरीलाई ठुलाे क्षति गर्ने भएकोले यसबाट समयमै सचेत हुन सामाजिक कार्यालय प्रमुख रावलले आग्रह गर्नुभयाे ।
तालिम उद्घाटन कार्यक्रममा बाेल्दै गंगा मावि मंगलसेन ६ तेसिंगेका प्रधानाध्यापक माेतिराम भण्डारीले तालिमकम लागि आफ्नाे विद्यालय छनाैट गर्नुभएकाेमा धन्यवाद दिँदै तालिमले किशाेरीहरुलाई आत्मरक्षाका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै प्रधानाध्यापक भण्डारीले विद्यालयले हाल गुणस्तरीय शिक्षाका लागि सक्दाे प्रयास गरिरहेकाे र कक्षा ११ समेत सञ्चालन गरिरहेकाे तर विद्यालय भवनकाे समस्या रहेकोले सामाजिक विकास कार्यालयलाई भवनका लागि सहयोग गर्न आग्रह गर्नुभयाे ।
तालिममा विद्यालयका कक्षा ९, १० र ११ मा अध्ययनरत ५० जना किशाेरीलाई प्रशिक्षक हिक्मत भुल र बहादुरसिंह (बि.एस.) ओडले प्रशिक्षण दिईरहनु भएको छ ।
सामाजिक विकास कार्यालयका बरिस्ठ शिक्षा सहायक राजु साहले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय