हिक्मत बहादुर नेपाली
अछाम पौष १५ । अछामको कमलबजारमा जारी १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोट प्रतियोगीतामा सहभागी ११ माद्यामिक विद्यालय मध्ये कालिका मावि विरपथ प्रथम भएको छ । ६ स्वर्ण ५ रजत र ७ कास्य पदक सहित कालिका मावि प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
२६ स्वर्ण,२६ रजत र ३० कास्य पदक गरी कुल ८२ पदकका लागी भएको प्रतियोगीतामा ६ स्वर्ण ५ रजत र ४ कास्य पदक सहित श्री जाल्पा देवि माद्यामिक विद्यालय ढाँकु दोश्रो स्थान हासिल गर्न सफल भएको छ । यस्तै ५ स्वर्ण र २ कास्य पदक सहित मनकामना मावि जामाले तेश्रो स्थान हासिल गर्न सफल भएको छ । ३ स्वर्ण २ रजत र १ कास्य पदक सहित चक्रेश्वरी मावि घेगड चौथो स्थान हासिल गर्न सफल भएको कमलबजार नगरपालिका स्तरीय खेलकुद विकास समितीका अध्यक्ष धिरज बहादुर रावतले जानकारी दिनु भयो ।
ल्गातार ५ दिन सम्म कमलबजार नगरपालिका वडा नं ८ स्थित चौकेगडा खेल मैदानमा सञ्चालन भएको प्रतियोगताको एक कार्यक्रमका विच समापन गरिएको छ । समापन कार्यक्रमका विभिन्न पदक प्राप्त विद्यालय र खेलाडी छात्र तथा छात्रा विद्यार्थी लाई प्रमाणपत्र र मेडल पदान गरिएको थियो । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्ट कुँवर पालिकाका विभिन्न वडाका वडा अध्यक्ष अन्य जनप्रतिनिधी, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही, विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक कर्मचारी विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायत कमलबजार नगरपालिका अन्तर्गतका ११ वटा माद्यामिक विद्यालयमा अध्ययनरत छात्र तथा छात्राको सहभागीता रहेको छ ।
प्रतियोगीता समापन कार्यक्रममा बोल्ने अधिकांश वक्ताले खेलकुद क्षेत्रका विकास र खेलाडीको प्रोत्साहन गर्न लगानीमा जोड दिनुपर्ने बताएका थिए । समापन कार्यक्रमको सञ्चालन योगेश ढकालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय