मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा बिष्ट हाजि
हिक्मत बहादुर नेपाली
अछाम पौष १८ : अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा नारायण बिष्ट हाजिर हुनु भएको छ। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको पालिकामा बिष्टको आगमनसँगै प्रशासनिक कामकाजले नयाँ गति लिने विश्वास गरिएको छ।
डुडुवा गाउँपालिकाबाट सरुवा भई आएका बिष्टलाई आज शुक्रबार गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदले स्वागत गर्नु भयो ।
स्वागत गर्दै अध्यक्ष साउँदले अब गाउँपालिकाको सेवा प्रवाह, विकास योजना कार्यान्वयन र प्रशासनिक समन्वय थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नु्नु भयो ।
हाजिरीसँगै प्रमुख प्रशासकीय अधिकृत बिष्टले पनि स्थानीय सरकारसँग सहकार्य गर्दै समयमै सेवा प्रवाह र विकासका कामलाई गति दिने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय