हिक्मत बहादुर नेपाली
अछाम पौष २४ ।
अछामको ढकारीमा १६ अौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । पालिका स्थित वुढासैन खेल मैदानमा आज देखि प्रतियोगिता सुरु भएको हो ।
युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंक बहादुर साँउदको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ढकारी गाउपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद रहनु भएको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि साउदले पालिकाको वुढासैन खेल मैदान निर्माण संगै खेल क्षेत्रका लागि प्रयाप्त वजेट विनियोजन गरेको बताउनु भयो । आगामी बर्ष पालिका भित्रका सम्पुर्ण विद्यार्थीलाई आवश्यक वजेटका लागि १ करोड भन्दा वढी रकम विनियोजन गर्न लागिएको जानकारी गराउनु भयो । खेलाडीले उच्च मनोवलका साथमा खेल प्रदशन गरि जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगितामा समेत राम्रो खेल प्रदर्शन गर्न सुझावका साथै सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगितामा पालिका भित्रका नौ माद्यामिक विद्यालयको सहभागीता रहेको छ । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि राजनितीक दलका प्रतिनिधि कर्मचारी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक,विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि र आम नागरिकको उपस्थित रहेको थियोे । युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष जनक विकको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश साउदले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय