अछाम पौष २७ ।
अछाम जेसीज वर्ष २०२५ को अन्तिम बैठक हिजो शनिबार मंगलसेनमा सम्पन्न भएको छ। वर्ष २०२५ का अध्यक्ष जेसी जितमान बोहराको अध्यक्षतामा सम्पन्न बैठकले पुस २७ गते संस्थाको साधारण सभा तथा पुस २९ गते नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
होटल सनसाइनको सभाहलमा सम्पन्न बैठकले पुस २९ गते हुने पदस्थापना कार्यक्रमको तयारीका लागि ६ वटा विभिन्न उपसमिति गठन गरेको छ। साथै, वर्ष २०२५ लाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सम्बद्ध निकायप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ।
पुस २९ गते हुने पदस्थापना कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष जेसी जीवन कार्कीको सहभागिता रहने अछाम जेसीजले जनाएको छ। कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी नवराज उपाध्यायको समेत उपस्थिति रहनेछ।
केन्द्रीय नेतृत्व नै कार्यक्रममा सहभागी हुने भएपछि कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ। पदस्थापना कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको अछाम जेसीजका अध्यक्ष जितमान बोहराले जानकारी दिए।
बैठकमा वर्ष २०२४ का अध्यक्ष जेसी फलेन्द्र प्रसाद उपाध्याय, वर्ष २०२३ का अध्यक्ष जेसी टेक बहादुर थापा, वर्ष २०१९ का अध्यक्ष जेसी नरेश कुमार शाही, वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष झनक अधिकारी, कानुनी सल्लाहकार जेसी मनकला न्यौपाने, कोषाध्यक्ष आनन्द साउद, जेसी निशा भट्टराई लगायत शाखाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय