टंक प्रसाद रिमाल
अछाम २६ पुस ।
नेपाल शिक्षक संघ मंगलसेन नगर कार्यसमितिको नगर भेला आज मंगलसेनमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। मंगलसेन नगर कार्यसमिति अध्यक्ष टंक प्रसाद ढुंगानाको सभापतित्वमा सम्पन्न भेलाका प्रमुख अतिथि नेपाल शिक्षक संघ अछामका अध्यक्ष नवेन्द्र राज जोशी रहनु भएको थियो।
भेलाले बार्षिक संगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि नगरभित्रका विभिन्न वडामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै संगठन सुदृढिकरण गर्दै सदस्यता विस्तार गर्ने, सहकारी शिक्षामार्फत सदस्य संख्या वृद्धि गर्ने र नियमित बचतलाई प्रोत्साहन गर्ने लगायतका निर्णयहरू पनि भेलाले गरेको छ।
भेलामा विशिष्ट अतिथिका रूपमा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मदन कुवर, वर्तमान उपाध्यक्ष शारदा चलाउने, शिक्षक महासंघका सचिव हर्क बहादुर बिष्ट, संघीय प्रतिनिधि निर्मला रावल, शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जय बहादुर बोगटी, मंगलसेन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नामसिंह धामी, वडा नम्बर १२ का खगेन्द्र रावल र वडा नम्बर १३ का हिक्मत बोगटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै आ–आफ्ना धारणा राख्नु भएको थियो।
भेलाको सहजीकरण नेपाल शिक्षक संघ मंगलसेन नगर कार्यसमितिका सचिव एकिन्द्र बहादुर कुवरले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय