हिक्मत बहादुर नेपाली
अछाम पौष २७ ।
अछाम जेसिजको १२ औं शाखा अधिवेशन आज मंगलसेलमा सम्पन्न भएको छ । अधिवेशन बाट बर्ष २०२६ को शाखा अध्यक्षमा झनक अधिकारी सर्वसम्मत हुनु भएको छ । यस्तै कार्यकारिणी उपाध्यक्षमा हिक्मत बहादुर नेपाली र निसा भट्टराई चयन हुनु भएको छ । महासचिव आनन्द साउद, कोषाध्यक्ष, कमल रावल, कानुनि सल्लाहकारमा फलेन्द्र प्रसाद उपाध्याय तथा उपाध्यक्षमा जनक बहादुर बुढा, दिपक खत्री, बृख राना, कृष्णा कुमारी थापा
र सचिवमा पवित्रा खड्का चयन भएको निवर्तमान अध्यक्ष जितमान बोहराले जानकारी दिनु भयो । निर्वाचित पदाधिकारीको यही पौष २९ गते पदस्थापन कार्यक्रम रहेको निर्वाचन मण्डलका अध्यक्ष अछाम जेसिज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाहीले बताउनु भयो । शाखाको इतिहासमा पदस्थापना कार्यक्रममा नेपाल जेसिजको केन्द्रीय अध्यक्ष जिवन कार्की लगायत अन्य राष्ट्रिय पदाधिकारीको सहभागीता रहने भएको छ । यस अवसरका आम अछामवासीलाई सो कार्यक्रममा सहभागीता जनाई दिन नवनिर्वातिच अध्यक्ष झनक अधिकारीले अनुरोध गर्नु भएको छ ।
युवाहरुको व्यक्तित्व तथा नेत्रित्व विकासमा सर्मर्पित १८ बर्ष देखी ४० बर्ष मुनीका युवाहरुको अन्र्तराष्ट्रिय स्तरको संस्था जुनियर च्याम्वर ईन्टरनेशनल ( जेसीज ) का हाल नेपाल भर १६८ वटा शाखा रहेका छन । नेपाल जेसिजको विधान अनुसार जेसिजको केन्द्रिय तथा शाखा कार्यसमितीको पदावधी एक बर्षको रहेने व्यवस्था अनुसार प्रत्येक इस्वी सम्वतको पहिलो महिना जनवरीमा भित्र केन्द्र तथा शाखा अधिवेशन तथा पदस्थापना कार्यक्रम हुने गर्दछ ।
यस अघि आजको अधिवेशनको उद्धाटन समारोहका प्रमुख अतिथी अछाम जेसिज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाहीले संस्थाले युवाको व्यक्तित्व तथा नेतृत्व क्षमता वृद्धि गर्न कार्यलाई थप वृद्धि गर्दै लैजानुपर्ने बताउनु भयो । साथै स्थानीय सरकार तथा संघ संस्था संग सहकार्य गरी सामाजिक क्षेत्रमा योगदान पु¥याउन सुझाव दिनु भयो । पछिल्ले समय जेन्जी पुस्ताको मागनै नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको सवाल जेसिज संस्थाले स्थापना काल देखीनै लागु गरिरहेको तर्फ इन्गीत गदैं सवैले यसको सिको गर्नुपर्ने राय व्यक्त गर्नु भयो । अधिवेशन अछाम जेसिज बर्ष २०२५ का अध्यक्ष जितमान बोहराको अध्यक्षतामा सम्पन्न भएको हो । अधिवेशन तथा साधारण सभामा अध्यक्षले २०२५ को संस्थागत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बर्ष भरी संस्थाले सामाजिक तथा युवाहरुको क्षेत्रमा गरिएका कार्यविवरण सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा आयव्यय हितको प्रतिवेदन कोषाध्यक्ष आनन्द साउदले प्रस्तुत गर्नु भएको थियो । कार्यकारिणी उपाध्यक्ष झनक अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको साधारण सभाको सञ्चालन महासचिव हिक्मत बहादुर नेपालीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय