हिक्मत बहादुर नेपाली
अछाम पौष २९ ।
अछाम जेसिजको १३ ओै पदस्थापना तथा पुरस्कार वितरण समारोह राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा आज मंगलसेनमा सम्पन्न भएको छ । आजको पदस्थापना कार्यक्रममा अछाम जेसिज बर्ष २०२५ का अध्यक्ष जीतमान बोहराले नवनिर्वाचित अछाम जेसिज २०२६ का अध्यक्ष झनक अधिकारीलाई नेपाल जेसिजकोको विधान अनुसार चेन हस्तान्तरण गर्नुभयो। आजको कार्यक्रममा नवनिर्वाचित २०२६ का कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । साथै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा उपस्थित विभिन्न अतिथि लाई मायाको चिनो प्रदान गरिएको थियोे । कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा विशिष्ट अतिथि रहनु भएको थियोे ।उहाँले कार्यक्रममा बोल्दै जेसिज संस्था अछाममा स्थापना कालदेखि आफुले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । आफू १८ देखि ४० बर्ष उमेर समुहमा नभए पनि आफू संग युवाको जस्तै जोश जागर रहेकोले जेसिज टिम संग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । १ मान्छे १ बर्ष १ पद जेसिज को विशेषता रहेकोले यो अन्य संघ संस्था र राजनीतिक पार्टीले सिको गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अर्का बिशिस्ट अतिथि नेपाल जेसिसका कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्याय जेसिजको अछाम शाखा स्थापना भएको १३ बर्ष पुगेको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा राष्ट्रिय पदाधिकारी सम्म पुग्न क्षमता अभिवृद्धि गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले अछाम जेसिजले निर्माण गर्न लागेको भवनका लागि १ लाख रकम सहयोग गर्ने बताउनु भयो । साथै क्षमता अभिवृद्धिका लागि नेपाल जेसिजले प्रदान गर्ने तालिम नि शुल्क रुपमा प्रदान गर्ने बताउनुभयो । अछाम जेसिज लाई नेपाल जेसिजले प्रदान गर्ने कार्यतालिका अनुसार काम गर्न सुझाव दिदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा मंगलसेन नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । अछाम जेसिज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष झनक अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको पहिलो सत्रको सञ्चालन बर्ष २०२५ का महासचिव हिक्मत बहादुर नेपाली र दोस्रो सत्रकाे सञ्चालन २०२६ का महासचिव आनन्द साउदले गर्नुभएको थियोे । कार्यक्रममा अछाम क्याम्पस शोषडा मावि र स्काउटका छात्राले स्वागत गीत तथा नृत्य मार्फत अतिथि लाई स्वागत गरेका थिए ।
यश अघि २७ गते सम्पन्न शाखा अधिवेशन बाट बर्ष २०२६ को शाखा अध्यक्षमा झनक अधिकारी सर्वसम्मत हुनु भएको थियोे । यस्तै कार्यकारिणी उपाध्यक्षमा हिक्मत बहादुर नेपाली र निसा भट्टराई चयन हुनु भएको छ । महासचिव आनन्द साउद, कोषाध्यक्ष, कमल रावल, कानुनि सल्लाहकारमा फलेन्द्र प्रसाद उपाध्याय तथा उपाध्यक्षमा जनक बहादुर बुढा, दिपक खत्री, बृख राना, कृष्णा कुमारी थापा
र सचिवमा पवित्रा खड्का चयन हुनुभएको थियोे । निर्वाचन अधिकृत नरेश कुमार शाही बाट हस्ताक्षरित निर्वाचन भएको प्रमाणपत्र आज वितरण गरिएको थियोे ।





