टेकराज भण्डारी, माघ ५, अछाम
मंगलसेन नगरपालिकाका नगरप्रमुख पदाबहादुर बाेहराले गुणस्तरीय शिक्षा प्रदान गरेमा साधन तथा स्राेतकाे अभाव नहुने बताउनु भएको छ । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिईरहेकाे भन्दै हरेक विद्यालयले गुणस्तरीय शिक्षा दिनुपर्ने उहाँको भनाइ छ । गंगा माध्यमिक विद्यालय मंगलसेन ६ तेसिंगेकाे ४७ औं अभिभावक भेला तथा सामाजिक परिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै नगरप्रमुख बाेहराले उक्त कुरा बताउनुभएको हाे ।
गंगा मावि पछिल्लो समय शैक्षिक क्षेत्रमा अग्रसर भैरहेको र पढाइका अतिरिक्त खेलकुद, अतिरिक्त क्रियाकलाप लगायतमा अगाडि बढिरहेको बताउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष टंक प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै नगर प्रमुख बाेहराले हाल विद्यार्थी संख्या घटीरहेकाे र साधन स्राेतकाे अभाव भएको अवस्थामा पनि गंगा माविले याे बर्षदेखि ११ कक्षा सञ्चालन गरेकोमा बधाई दिनुभयो । आजीवन, विशिष्ट, संस्थागत लगायतका सदस्यताबाट आर्थिक स्राेत संकलन र सबै अभिभावक तथा सराेकारवालाकाे सक्रियताबाट कक्षा ११/१२ सञ्चालनमा सफलता पाएकाे बताउनु भयाे ।
आफु र नगर कार्यपालिकाले आवश्यकताकाे आधारमा विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ, सडक, खानेपानी लगायतका क्षेत्रमा काम गरिरहेकाे नगरप्रमुख बाेहराकाे भनाइ छ ।
कार्यक्रममा बाेल्दै बिशिस्ट अतिथि मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, विद्यार्थी, अभिभावक तथा सराेकारवाला अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खकेन्द्र बहादुर साेडारी, वडा नम्बर ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, वडा नम्बर ७ का अध्यक्ष राज बहादुर शाही, पूर्व वडाध्यक्ष जनकराज भण्डारी, नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक बहादुर भण्डारीले शुभकामना मन्तब्य व्यक्त गर्नुभयाे । यसैगरी नेपाली कांग्रेसका नगर कार्यबाहक सभापति हेमराज भण्डारी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य चन्द्रप्रसाद भण्डारी, पुष्पराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य सेतिराम भण्डारी, पत्रकार महासंघका उपाध्यक्ष टेकबहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र प्रसाद भण्डारी, षाेडशादेवि माविका प्रधानाध्यापक बृकेशसिंह बाेगटी, जाल्पा माविका पूर्व विव्यस अध्यक्ष लाल बहादुर विष्ट, बाेक्सडा भन्थान खानेपानी समितिका अध्यक्ष नन्दाराम भण्डारी, मालिका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बेदराज भण्डारी, अभिभावक देबेन्द्र खत्री, विद्यार्थी दिपिक्षा खत्री, चन्द्रकान्त भण्डारीले मन्तब्य राख्नुभएको थियाे ।
विद्यालयका प्रधानाध्यापक माेतिराम भण्डारीले विद्यालयले पछिल्लो समय विद्यालयकाे शैक्षिक गतिविधि तथा गुणस्तरीय शिक्षाका लागि क्रियाशील रहेको बताउनुभयो । याे बर्ष राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पालिकामा दाेस्राे भएको, विद्यालयमा खानेपानीको उचित प्रबन्ध भएको बताउनुभयो ।
आजीवन, बिशिस्ट र संस्थागत गरि २७० जना सदस्यबाट १० लाख ९३ हजार २०७ रुपैयाँ विद्यालयकाे काेषमा जम्मा भएको प्रअ भण्डारीले बताउनुभयो ।
अब कक्षा ११/१२ लाई दिगाे रुपमा सञ्चालन गर्नुपर्ने चुनाैति रहेको र विद्यालय भवनकाे अभाव रहेकोले यसका लागि नगरपालिका लगायतका सराेकारवालालाई आग्रह गर्नुभयो ।
विद्यालयका लेखन सहायक दिपकराज भण्डारीले आव २०८१/८२ काे १ कराेड ३१ लाख ५१ हजार ९०१ रुपैयाँको आयव्यय प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा जेहेन्दार, असहाय, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिएको थियाे ।
कार्यक्रममा स्वागत मन्तब्य विव्यस सदस्य भुमिराज भण्डारीले राख्नुभएको थियाे भने सञ्चालन सहायक प्रधानाध्यापक टंक प्रसाद ढुंगानाले गर्नुभएको थियाे । अभिभावक भेलाबाट विद्यालयकाे नयाँ व्यवस्थापन समिति चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय