अछाम । अछामको तुर्माखाद गाउँपालिका वडा न ८ धमालीका मतदाताहरूले एमालेका उमेदवार यज्ञबहादुर बोगटीलाई फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा जिताएर संसदमा पठाउने प्रतिबद्धता जनाएका छन । यसभन्दा अघि २०७४ सालको निर्वाचनमा निर्वाचित भएको बेला उमेदवार बोगटीले आफ्नो वडामा धेरै काम गरेको बताउदै स्थानीय मतदाताहरूले यसपालिको निर्वाचनमा पनि विकासप्रेमी नेता बोगटीलाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । साधा जिबन उच्च बिचारका धनी एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका बोगटीले जितेमा धमाली जस्ता विकट क्षेत्रको विकास हुने उनीहरूको अपेक्षा छ । नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम अन्तर्गत धमालीमा भएको एक कार्यक्रममा सहभागी स्थानीय मतदाता तथा पार्टीका कार्यकर्ताले यसका लागि आफुहरू तयारी अवस्थामा रहेको बताएका छन । कार्यक्रममा बोल्दै उमेदवार बोगटीले आफुले विगतमा पनि राम्रो काम गरेको दाबी गर्दै यसपालि निर्वाचित भएको खण्डमा विगतका अधुरा योजनालाई पुर्णता दिनुका साथै यश क्षेत्रका गौरबका आयोजना निर्माणका लागि भुमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको थियोे । अब जनताको साथ पाएर निर्वाचित भए जनताले सम्झिन लायक कामगर्ने दाबी समेत गर्नुभएको छ ।




