टेक राज भण्डारी, फागुन २, अछाम
जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी १२ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सकिएकाे छ । दुईदिन सम्म संचालन भएको अछाम जिल्ला स्तरीय गाेष्ठीमा
विद्यालयमा रेडक्रस अभियान तथा जुनियर/युवा रेडक्रस सर्कलबारे अभिमुखीकरण गरी सदस्यता वितरण गर्ने र सर्कल गठन/पुनर्गठन गर्ने साथै सर्कल स्तरीय गतिविधिहरु निरन्तर संचालन गर्ने लगायतका १२ बुँदे षाेडशादेवि माध्यमिक विद्यालय मंगलसेन प्रतिवद्धता पत्र जारी गरेकाे हाे ।
जिल्लाका भित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०८३ को जेठ मसान्तभित्र सर्कल गठन/पुनर्गठन गर्ने, प्रत्येक विद्यालयका सर्कलमार्फत विद्यालय तथा समुदायमा सृजनात्मक गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाईएकाे छ । गाेष्टीबाट जिल्ला समिति सदस्य समेत रहनुभएका धनकुमार केसीको संयाेजकत्वमा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस समिति समेत गठन गरिएकाे छ । गाेष्ठी फलदायि भएको र प्रतिबद्धता कार्यान्वयन हुने संयाेजक केसीले बताउनुभयाे ।
समापनमा बाेल्दै नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले गाेष्ठीले तयार पारेकाे कार्ययाेजना र प्रतिबद्धता अनुरुप काम हुने बताउँदै यसबाट रेडक्रस अभियानले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो ।
गाेष्ठीमा दशवटै पालिकाले बार्षिक कार्ययाेजना समेत तयार गरेका छन् । पालिका स्तरीय कार्ययोजना तयार गरि साेही अनुसार विद्यालयले पनि कार्ययोजना लागू गर्ने बताईएकाे छ ।
कार्यक्रममा विपद् र यसबाट हुने क्षति न्यूनीकरणका उपाय, जुरेस, युवा तथा रेडक्रस अभियान, लागूऔषध, सडक दुर्घट्ना तथा लागूपदार्थ दुव्र्यसन रोकथाम लगायतका विषयमा अभ्यास सहित क्रियाकलपाहरु गरिएका नपाल रेडक्रस साेसाईटी अछामका कर्मचारी रुप बहादुर कठायतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय