प्रजातन्त्र दिवसको अवसरमा अछामको ढकारी गाउँपालिका वडा न ८ घोडसैनमा देउडा कार्यक्रमको आयोजना गरिएको छ । वडामा रहेको आमा समूहको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो देउडा हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृति जोगाऔ, प्रजातन्त्र दिवस मनाऔ भन्ने नाराका साथ वडा न ८ को लम्चुमा बृहत देउडा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा स्थानीय महिला दिदिबहिनीको बृहत न्यउले खेल लाग्ने भएको छ भने बैतडीकी गीदाउडी मनिशा धामी र खेलाउडा हरि प्रसाद जैसी बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । बिहान ११ बजे बाट हुने उक्त कार्यक्रममा सहभागिताका लागि आमा समूहले सबैलाई अनुरोध गरेको स्थानीय अगुवा तथा शिक्षक ईश्वर प्रसाद जैशीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय