अछाम जिल्लामा अन्य पार्टी परित्याग गरि नेकपा एमालेका प्रवेश गर्नेहरुको लर्को लागेको छ । दिन प्रतिदिन एमाले प्रतिको जनलहर बढ्दै गएको पार्टीले जनाएको छ । जिल्लाका सबै पालिकाहरुमा नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरु बढेको एमाले अछामले जनाएको छ । यस्तै ढकारी गाउँपालिका वडा न ३ को ताली टोलमा सिंगो टोलनै एमालेमा प्रवेश गरेको छ । नेपाली काँग्रेस पार्टी छोड्दै सिंगो टोलका नागरिकहरु एमालेका समाहित भएका हुन । स्थानीय राम बहादुर बुढा, डम्मर बुढा, पदम बहादुर बुढा, गोरख बुढा र जहरी बुढा एमालेमा प्रवेश भएका हुन । नव प्रवेशीहरुलाई नेकपा एमालेका जिल्ला कमिटी उप सचिव टोप बहादुर शाहीले स्वागत गर्नुभएको छ । सिंगो टोल नै एमालेमा समाहित भएपछी त्यहाका कार्यकर्ताहरु उत्साहीत भएका छन । ढकारीमा एक महिनाको अवधीमा २१ जना युवाहरु काँग्रेसमा प्रवेश भएका उप सचिव शाहीले जानकारी दिनुभएको छ ।




