हिक्मत बहादुर नेपाली
अछाम जेठ ३० ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कमलबजार नगर समितिको प्रथम बैठक विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी कमलबजार नगर समितिको प्रथम बैठक निर्माण अलपत्र पारीएको कमलबजार अस्पताल परिसर स्थित जीर्ण भवनमा सम्पन्न गरिएको हो । अस्पतालको पूर्वाधार अवस्था तथा अलपत्र निर्माण कार्यप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले उक्त स्थान छनोट गरिएको नगर सभापति बालाराम ढकालले बताउनुभयो । बैठकले अस्पतालको पूर्वाधार सुधार तथा निर्माण कार्य शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग आवश्यक पहल र खबरदारी गर्ने निर्णय गरेको छ।यस्तै निवर्तमान नगर समिति, वडा समिति तथा प्रवासमा सक्रिय सदस्यहरूको अभिलेख संकलन गरी योगदानको कदरस्वरूप क्रमशः धन्यवाद पत्र तथा कदर पत्र प्रदान गर्ने निर्णय गरिएको छ । साथै रास्वपा नगर सभापतिबाट प्रस्तुत सामुहिक उत्पादन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ। पास्तोलिमा बाँझो रहेको खेतमा उत्पादन गर्ने सहमति भएको छ । उक्त कार्यक्रमको योजना निर्माण, समन्वय तथा कार्यान्वयनका लागि अमर बिष्टको संयोजकत्वमा ५ सदस्यीय उत्पादन प्रवर्द्धन विभाग गठन गर्ने तथा विभागका अन्य सदस्यहरू संयोजकको सिफारिसमा आगामी बैठकबाट टुंगो लगाउने निर्णय गरिएको सभापति ढकालले बताउनुभयो ।रास्वपा कमलबजारको विभिन्न विभागहरुको जिम्मेवारी प्रवास तथा पालिकामा रहेका सक्रिय सदस्यहरुलाई आगामी एक हप्ता भित्र जिम्मेवारी पत्र पठाउने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

https://www.facebook.com/share/p/1cnfXEYPmh/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय