हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन १५ ।
अछाममा फाल्गुन २१ गते हुने प्रतिनिधी सभा सदस्यको निर्वाचनको तयारी ९० प्रतिशत सकिएको मुख्य निर्वाचन अधिकृत रोशन कुमार भट्टराईले जानकारी दिनु भएको छ । फाल्गुन १७ गते प्रत्येक मतदान केन्द्रमा खटिने कर्मचारीलाई नियुक्ती पत्रका साथ मतपत्र लगायतका सामाग्री हस्तान्तरण गरिने र १८ गते देखी २० गते सम्म मतदान केन्द्र निर्माण गरिसक्ने निर्वाचन कार्यतालिका अनुसार कार्य अगाडी बढिरहेको उहाँले जानकारी दिनु भयो । आसन्न निर्वाचन लाई लक्षित गरेर आज जिल्ला निर्वाचन कार्यालयको आयोजनमा भएको पत्रकार संग अन्तरक्रिया कार्यक्रममा सो कुरा जानकारी गराईएको हो ।
एकिकृत सुरक्षा योजना अन्तरगत नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरी गरि तीन वटै सुरक्षा निकायले निर्वाचन अवधिभर उपलब्ध पुर्ण उपलब्ध जनशक्ती मार्फत शान्ती सुरक्षा कायम गर्ने गरि कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले बताउनु भयो ।
जिल्लाको सदरमुकाम मंगलसेन स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रोशन कुमार भट्टराई, प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा, जिल्ला निर्वाचन अधिकारी रामदीन चौधरी लगायत नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरी गरि तीन वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । आगामी निर्वाचनमा पत्रकार संग सुचना आदानप्रदान गर्न सहजता प्रदान गर्ने उदेश्यले गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय