अछाम । सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले जनताको साथमा उभिनका लागी नैतिकताका आधारमा पदबाट राजिनामा दिएको बताउनु भएको छ ।

अछामको सदरमुकाम मंगलसैनमा नेकपा अछाम (केपी ओली समुह) ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै निवर्तमान मन्त्री बोहराले आफु जनताको साथमै रहेकोले पदबाट राजिनामा दिएको बताउनु भएको हो ।

अव देश बिकासका लागी राजनितिक एजेण्डा संगै आर्थिक समृद्धिको एजेण्डा सहित अगाढी बढ्नु आवश्यक रहेको बताउदै उहाँले नयाँ जनमतका साथ आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने बताउनुभयो ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीको हैसियतमा रहदा समेत पार्टि भित्रका केहि तत्वहरु नै आर्थिक समृद्धिको बाधकका रुपमा रहदै आएको बोहराको दावी थियो ।

सरकारमा पद प्राप्ती नभएकै कारण सरकार ढलाउन तथा आफ्नै पार्टी नेतृत्वमा बिरुद्धमा लागेकाहरुलाई आफु पदलोलुप नभएको प्रष्ट पार्नका लागी समेत पदबाट राजिनामा दिएको बोहराको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय