
कमलबजार , १७ साउन
कमलबजार नगरपालिका वडा नम्वर १ सेलाखर्क अछामका क्यान्सर पीडित सर्पजित कसेरालाई स्थानिय शिक्षक देवेन्द्र सञ्ज्यालको पहलकदमीमा संकलन भएको एक लाख तिस हजार सहयोग रकम हस्तान्तरण गरिएको छ।
दुबै खुट्टा क्यान्सरले गुमाएका निज कसेराको दयनीय आर्थिक अवस्था बारे जानकारी भएपछि करिब एक लाख तिस हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको जानकारी शिक्षक देवेन्द्र सञ्ज्यालले दिएका हुन।ण
लकडावनका कारण स्थानीय होटलमा भाँडा माझेर अलिकति भए पनि दुई छाकको गुजारा चलाउँदै आएको कसेराका छोराले पनि काम गुमाएपछि दुई छाक टार्न समस्या भएको भन्दै शिक्षक देवेन्द्र सञ्ज्यालको सम्पर्कमा आएपछि शिक्षक सन्ज्यालको पहलमकदमीमा एक लाख तिस हजार बराबरको आर्थिक सहयोग नगर प्रमुख ओम प्रकाश बिष्ट उप प्रमुख भुमिशरण ढकाल बजगाई, निमित्त प्रमुख प्रशासकिय अधिकृत खडक बहादुर बिष्ट तथा वार्ड नं १ का अध्यक्ष तेज बहादुर बिष्टको रोहबरमा सो रकम हस्तान्तरण गरेका हुन।
स्मरणीय छ शिक्षक सन्ज्यालको पहलकदमीमा सहयोगीहरुबाट सहयोग रकम संकलन गरेर कालिका आधारभुत विद्यालय मुली अछामको दुई कोठे पक्की भवनको निर्माण कार्य समेत जारी छ ।
