हिक्मत नेपाली ,कमलबजार, भाद्र १६
कमलबजार नगरपालिकामा कार्यरत अस्थाई,करार तथा ज्यालादारी कर्मचारी हक हित मंच तदर्थ समिति ले भाद्र २६ गते नगर भेला आयोजना गर्ने निर्णय गरेको छ । तदर्थ समितिकाअध्यक्ष भानुभक्त ढकालको अध्यक्षतामा बसेको आजको  बैठकले सो निर्णय गरेको हो । आजको बैठकले २३ गते मंगलसेनमा हुन गईरहेको जिल्ला भेलाका लागि ८ जना प्रतिनिधि पनि छनोट गरेको सह सचिव डबल बहादुर बिकले जानकारी दिए । प्रतिनिधिमा अध्यक्ष, भानुभक्त ढकाल , सल्लाहकार समिति संयोजक विर्ख बहादुर बिष्ट ,राजेन्द्र प्रसाद बजगाई , राम बहादुर बिष्ट ,पवित्रा भण्डारी ,लक्ष्मण बिष्ट , देवेन्द्र शाह र बिष्णु बोगटी छन । आज बसेको बैठकले कोषाध्यक्ष पुष्पा सापकोटाको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति पनि गठन गरेको छ जसको सदस्यमा विशाल बिष्ट ,रमेश बिष्ट ,दुर्गा सिजापती बिष्ट  र डबल बहादुर बिक रहेका छन ।आजै सुचना प्रविधि अधिकृत बिष्णु बोगटीको संयोजकत्वमा ३सदस्यीय  मस्यौदा समिति गठन गरिएको छ उक्त मस्यौदा समितिले २६ गते नगर भरिका सम्पुर्ण अस्थायी ,करार कर्मचारीको भेला हुनु भन्दा अघि मस्यौदा तयार गरिसक्ने र उक्त भेलामा प्रस्तुत गिरिने सचिव हिक्मत बहादुर नेपाली ले जानकारी दिनु भयो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय