कमलबजार, भाद्र २६ । स्थानीय तह अस्थायी तथा करार कर्मचारी हक हित मंच कमलबजार नगरपालिकाको नगरस्तरिय भेला शनिबार विभिन्न निर्णय गर्दै कमलबजारमा सम्पन्न भएको छ । कार्यक्रममा अस्थायी तथा करार कर्मचारी हरुका विभिन्न माग समेटिएको १४ बुदे ज्ञापनपत्र कमलबजार नगरपालिका नगरकार्यपालिका लाई पेश गरिएको छ । समान कामको समान ज्याला अवधारणा अनुरुप, करार कर्मचारी लाई पनि स्थानीय भत्ता ,महंगी भत्ता लगायतका सेवा सुविधा स्थाई कर्मचारी सरह उपलब्ध गराउन माग गरिएको छ। यस अघि बनेको नगर समिति लाई भेलाले पुर्णता दिएको छ । नगर समितिका अध्यक्ष भानुभक्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । नगर उपप्रमुख भुमिशरण ढकाल विशिष्ट अतिथि रहको कार्यक्रममा, कमलबजार नगरपालिका वडा नं १ का वडा अध्यक्ष तेज बहादुर बिष्ट, २ का वडा अध्यक्ष रण बहादुर खड्का, वडा नं ३ का अध्यक्ष जगत बहादुर बिष्ट , वडा नं १० का अध्यक्ष भिम बहादुर बिष्ट र कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट अतिथि रहेनु भएको थियोे । नगरपालिका भित्र कार्यरत अस्थायी करार कर्मचारी हरुका माग जायज रहेकाले ज्ञापनपत्रमा उल्लेखित माग सम्बोधन हुनुपर्ने सहभागी सबैको जोड थियोे ।
ADVERTISEMENT