हिक्मत नेपाली ,कमलबजार , असाेज २५ ।
कमलबजारमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । कमलबजार नगरपालिका वडा नं २ को आयोजनामा कार्तिक ४ गते देखि पुरुष खुल्ला भलिबल प्रतियोगिता सुरु हुने आयोजक टिमका अध्यक्ष तेज बहादुर बिष्टले कमलबजार मिडिया प्रा.लि द्वारा सञ्चालित कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो । असोज ३१ गते देखि कार्तिक ४ गते विहाना १० बजे सम्म टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ता को शुल्क तीन हजार तोकिएको बिष्टले जानकारी दिनु भयो । उक्त प्रतियोगितामा प्रथम हुनेले चालिस हजार पाउने छ भने द्वितीय हुने टिमले तीस हजार , तृतिय हुनेले बीस हजार तथा सान्तोना हुनेले पाँच हजार नगद तथा ट्रफी प्राप्त गर्न अध्यक्ष बिष्टले जानकारी दिनु भयो । प्रतियोगितामा अछाम जिल्ला का १० वटै पालिका भित्रका वडाका टिमले भाग लिन पाउने जानकारी गराईएको छ । खेलाडी सम्बन्धित वडाको हुनुपर्नेछ साथै खेलाडीको खान , बस्नको व्यवस्था स्वयम् टिमले गर्नुपर्ने छ। प्रतियोगिता सम्बन्धि थप जानकारी लिनका लागि आयोजक समितिका अध्यक्ष बिष्टको सम्पर्क नं ९८६५९८४२९५ मा सोधपुछ गर्न सकिनेछ ।