दशै, एक हिन्दुहरुको महान चाड ,जुन बेला गाउँ देखि सहर सम्म सबै रमाइलो गर्ने हुन्छन , त्यस्मा पनि देबिलाइ बोका,रागाको बलि चढाउने चलन छ , नयाँ लुगाफाटो लगाउने ,चर्के पिङ हाल्ने ,टीका जमारा लगाउने ,सबै आफन्त जमघट हुने,आदि चलन हरु छन । यसै अवस्था मा भने कसैलाइ दसै(संकट ) लागे जस्तो हुने गर्छ यो दशै। मैले एउटा पहाडी जिल्लाको एक सानो गाउमा रहने एक परिवार को कुरा गर्न खोजेको हु जो सङ्ग एक छाक टार्न पनि मुस्किल हुन्छ ,दशै आउदा उस्को घरमा खुशी होइन दुखीपना छाउने काम गर्दछ । किनकी उ सङ्ग दशै मनाउने खर्च हुदैन , दशैमा कालिका देबिलाइ चढाउने बोका जस्मा सबै गाउले मिलेर कालिका देबिलाइ एक बोका दिन्छन , जस्मा एक घर बाट रु:५०० भन्दा कम नै उठाउनु पर्ने हुन्छ ,अरुको लागि यो रुपैया एक नास्ता होला तर यो घरको मान्छेलाइ यो रुपैयाँ ५,००,००० भन्दा कम जस्तो लाग्दैन । कहिले कसो अरुले नै उन्को रुपैयाँ दिने गर्छन । तर त्यो घरको परिवार ले अरुले दिएको रुपैयाँ तिर्नै पर्ने सोच्छन कारण यो होकि अरुले दिएको त नतिरेपछि आफू त्यस्मा सहभागी नभएको र तिर्ने मान्छे नै सहभागी भयको ठान्ने गर्छन । र आफुलाइ पनि नराम्रो ठान्ने गर्छन ।नया लुगाफाटो को त कुरा छौडौ पुरानो लुगापनी धोएर लगाउने साबुन समेत किन्न सक्ने क्षमता छैन , घर त लिप पोत गर्छन सजिलै सङ्ग माटो पाइने कारण , बुढा बुढी लाइ भत्ता त मिल्ने गर्थ्यो तर बर्ष भरी खाको दोकानको उधारो तिर्न नै ठिक्क हुन्थ्यो , भने अनि दशै भन्दा अगाडि भत्ता पनि मिल्दैन , सबै रमाएको देखेर त्यो घरको मान्छेलाई पनि रमाउने मन लाग्छ होला , सबै ले नयाँ लुगाफाटो लगाएको देखेर उन्लाइ पनि लगाउने मन लाग्छ होला , उनलाइ त जतिबेला खान,लगाउन पायो तेति बेलानै दशै हो । अरु लाई दशै आयो भनेर खुशी हुन्छन भने, त्यो घरको मान्छे दशै किन आउँछ भनेर दुखी हुने गर्छ्न , बिरामी भएमा अस्पताल लान सक्ने क्षमता छैन भने दशैको त्यो घरलाइ के खाचो, गरिब र धनी दुबैले मान्न सक्ने केही पर्व हुनु पर्छ जस्तो लाग्छ । अनि अर्को कुरा आफ्नो छ भन्दैमा गरिब लाई देखाएर गर्ने काम नगर्नु होला सक्नु हुन्छ सहयोग गर्नुस होइन भने उनलाइ उन्कै अवस्था म रहन देउ , अरुलाइ दुखी बनाउने काम नगर्नु होला। गरिबको दशा ,धनिको दशै सबैलाइ दशैको शुभकामना , गरिबको घरमा अर्को साल यस्तो नहोस ,मन को इच्छा पूरा होस ,सबै मानिस को हैसियत बराबरी होस , माता दुर्गा भवानी सङ्ग कामना गर्दछु धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय