निर्मल रैका धनगढी  कार्तिक २

देश भर परेको अविरल बर्षाका कारण जनजीवन प्रभाबित भएको छ ।
पुर्व मेची देखि पश्चिम महाकाली सम्म विभिन्न जिल्ला तथा स्थानमा परेको अविरल बर्षाका कारण जनजीवन प्रभाबित भएको हो ।
लगातार परिरहेको बर्षाका कारण भने सबैभन्दा बढी किसान ठुलो समस्यामा पारेका छन ।
किसानले धान काटी सुकाएको अवस्थामा त कतिपय किसानले खेतमै दान काट्ने सुरसार गरि रहेको बेला परेको अविरल बर्साले किसान ठुलो समस्यमा परेका हुन ।
बर्दिया जिल्लाको गुलरियामा बसोबास गर्दै आएका किसान सुनिल यादव भन्छन हामी नेपालीहरुको ठुलो पर्व बिजया दशै नजिकनै आइसक्यो भनी काटेकाे धान पनि खेतमै राखियो अब काटेकाे धान दशै लगत्तै धान थिर्यसर मगाएर धान भित्राउने योजना बनाएका सुनिल समस्यामा परेका हुन ।

त्यसैगरि बर्दिया जिल्लाको गुलरियाको मथुरामा बसोबास गर्दै आएका किसान सोना बाह्मणले युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि गुलरिया बाट रु १००००० विभिन्न समयमा कृषि कार्यको लागि भनी ऋण लिए मलखाद तथा बीउ किने । हरेक बर्ष धान राम्रै हुने गर्छ । आफुलाइ बर्ष भरी पुग्ने धान राखिन्थो र अरु धान बेची आफुलाइ चाहिने जति सबै आवश्यक सामाग्री तथा औषधी उपचार समेत गर्ने गर्थ्यो तर अब धान नै राम्रो नहुने हो कि अब किनेर खानु पर्ने अवस्था आउने भन्दै उनी भन्छिन् ।
उता कैलाली जिल्लाको कैलारि गाउँपालिकाका किशान रमेश थारु पनि अविरल बर्षाले किसान लाई ठुलो दुख दिएको बताए ।
उनी भन्छन धान सबै पानीमा छ कुहिन लागि सक्यो भनी दुखेसो पोख्छन् ।
उता कंचनपुरको बेलौरीका किसान राम चन्द्र राना यस बर्ष खान लाउन पनि समस्या हुने भयो भनी चिन्तित छन ।
तीन दिन सम्म परेको अविरल झरीले किसानको मेहनतको फल करिब करिब खेरनै गएको किसान हरु बताउछन ।

  • बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेको र त्यसै कारण हाल देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । विशेषगरी पश्चिम क्षेत्रमा बढी वर्षा भएको जल तथा मौसम बिभाग बताउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय