कमलबजार, कार्तिक १३
कमलबजार नगरपालिका वडा नं २ द्वारा आयोजित पुरुष खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि अाठबीस नगरपालिका वडा नं ३ दैलेखले हात पारेको छ ।प्रतियोगिताको उपबिजेता ढकारी गाउँपालिका वडा नं २ भएको छ । प्रतियोगितामा तृतीय स्थान भने कमलबजार नगरपालिका वडा नं ८ ढाँकुले हात पार्न सफल भएको छ ।
आज भएको समापन कार्यक्रममा विजेता टिम र खेलाडी लाई नगद पुरस्कार ट्रफी (मेडल) र प्रमाणपत्र कार्यक्रमकि प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सांसद अम्बिका थापा ले हस्तान्तरण गर्नु भएको थियो ।उक्त प्रतियोगितामा प्रथम हुनेले चालिस हजार प्राप्त गरेको  छ भने द्वितीय हुने टिमले तीस हजार , तृतिय हुनेले बीस हजार तथा सान्तोना हुनेले पाँच हजार नगद तथा ट्रफी र प्रमाणपत्र  प्राप्त गरेका छन ।
आयोजक समिति अध्यक्ष तेज बहादुर बिष्टको सभापतित्वमा भएको समापन कार्यक्रमको संचालन गोबिन्द बिष्टले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय