
कमलबजार,मंसिर ४ । नेपाली कांग्रेसको १४ अौं महाधिवेशन अन्तर्गत प्रदेश तथा क्षेत्रीय अधिबेशन चलिरहेका छन । यही परिबेशमा अछाम क्षेत्र नं२ को क्षेत्रीय सभापतिका उम्मेदवार पुुष्प शर्माले सम्पुर्ण प्रतिनिधि लाई आफुुलाई मतदान गर्न आग्रह गर्नुभएको छ । आज कमलबजार मिडिया प्रा लि द्वारा सञ्चालित कमलबजार दैनिक डटकम संग कुरा गर्दै क्षेत्रीय सभापतिको लागि योग्य उम्मेदवार भएको ले आफुलाई मतदान गरी बिजय गराउनेमा बिश्वस्त रहेको बताउनु भयो । नेपाली कांग्रेसको लामो राजनीतिक यात्रामा थुप्रै आरोह अवरोह खेप्दै तेश्रो पटक क्षेत्रीय सभापतिमा उम्मेदवारी प्रस्तुत गरेकाले नेपाली कांग्रेसका नेता ,कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिले विवेक प्रयोग गरि सबल र सक्षम नेतृत्व ल्याउन सहयोग गर्न राए व्यक्त गर्नुभयो । उहाँ संगको बृस्तृत कुराकानी KAMALBAZAR MEDIA (KBM TV) युटुब च्यानल मा हेर्न सकिनेछ ।https://youtu.be/yrts5EAZfcE