हिक्मत बहादुर नेपाली
कमलबजार, जेठ २९ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकामा निमार्ण भएका विभिन्न योजनाको अनुगमन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र कमलबजार नगरपालिका वडा नं ५ बाट आर्थिक बर्ष २०८२/०८३ लागी विनियोजित बजेट बाट निमार्ण भएका विभिन्न योजनको आज स्थलगत अनुगमन गरिएको हो । प्रदेश बाट बिनियोजित १० लाख बजेट लागतमा निमार्ण भएको कालिका मन्दिर घेराप्रर्खाल निमार्ण योजना र धार्मिक पर्यटकिय क्षेत्रको महत्वका साथ हेरिएको ८ लाख बजेटमा निमाण भएको पौवा (चौतारो) निमार्ण योजनाको स्थलगत अनुगमन गरिएको हो । साथै आर्थिक बर्ष २०८२०८३ लागी वडा बाट विनियोजित ४ लाख २ हजार बजेट निमार्ण भईरहेको सभा हलको समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा वडा प्राविधिक सव ईन्जिनियर गौतम कुमार रोकामगरले प्राविधिक ईस्टमेट अनुसार गुणस्तरिय सामाग्री प्रयोग गरेर निमार्ण भएको बताउनु भयो । साथै वडा कार्यालयको माथिल्लो तलामा निमार्ण भईरहेको सभाहलको बजेट अपुगले छल ढलान अर्को बर्ष हुने बताउनु भयो । कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितीका संयोजक शारदा कुमारी बिष्ट कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीमा ५ नं वडाका वडा अध्यक्ष सत्यराज तिमिल्सैना, योजना तथा प्रशासन शाखा प्रमुख खड्ग बहादुर बिष्ट, योजना शाखाका सहायक पाँचौं विरेन्द्र तिमिल्सैना, पुर्वाधार विकास शाखामा कार्यरत सव ईन्जिनियर अम्वेश्वरी कुँवर, फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय