हिक्मत बहादुर नेपाली
अछाम श्रावण १२ ।
कमलबजार मानसैन सडक खण्ड अन्तरगत कमलबजार नजिकै भएको अटोरिक्सा दुर्घटना भई घाइते तीन जना मध्ये १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलबजार नगरपालिका वडा नं ५ निवासी संविधान सभा सदस्य शरद सिंह भण्डारीकि आमा वेला भण्डारीको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा निधन भएको अछाम प्रहरीले बताएको छ । घाइते मध्ये कमलबजार नगरपालिका वडा नं ५, का केशवराज तिमिल्सैनालाई थप उपचारकोलागि बान्नीगढी जयगढको एम्बुलेन्स मार्फत नेपालगंज पठाईएको छ । अर्की घाईते कमलबजार ५ कै अमृता भण्डारीको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल अछाममा उपचार भईरहेको छ ।
आज दिउँसो कमलबजार मानसैन सडक खण्डमा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका थिए । कुइकाबाट कमलबजार जाँदै गरेको सु प प्र ०१- ००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिक ओखडको रुख नजिक अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको हो । अटोमा सवार एक जना यात्री र चालक सकुशल रहेको र चालक लाई प्रहरीको नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक सरोज कुमार कैलाले जानकारी बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय