हिक्मत नेपाली
कमलबजार, मंसिर ६ ।
कमलबजारमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
चाँदनी काेल्ड स्टोर कमलबजारको आयोजना मा मंसिर ११ देखि हुन गईरहेको प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको आयोजक चाँदनी काेल्ड स्टोरका प्रोप्राईटर अर्जुन रावतले कमलबजार मिडिया प्रा लि द्वारा सञ्चालित कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो । आफ्ना स्वर्गीय वुवा कमल रावतको स्मृतिमा आयोजना गर्न लागिएको सो प्रतियोगितामा प्रथम हुनेले रू ७११११ । द्वितीय हुनेले रू ३११११ । तृतीय हुनेले १०००० । नगदका साथै ट्रफि र मेडल समेत प्राप्त गर्ने रावतले जानकारी दिए । तत्कालीन समयमा स्थानीय व्यापारी समेत रहेका स्वर्गिय कमल रावतले कमलबजारमा खेलकुद क्षेत्रकोका लागि थुप्रै पहल गर्नुभएको थियो । रावतको स्मृतिमा आयोजना हुने खेलको व्यवस्थापन नगर स्तरीय खेलकुद विकास समिति कमलबजारले गर्ने समितिका अध्यक्ष धिरज रावतले जानकारी दिनुभयो । खेलकुदमा सहभागी हुने टिमले मंसिर १० गते साँझ ५ बजे सम्म गरिसक्नु पर्ने छ साथै खेलाडीले खान,बस्नको व्यवस्था खेलाडी स्वयंले गर्नुपर्ने आयोजकले जनाएको छ
ADVERTISEMENT