निर्मल राजा

धनगढी मङ्सिर १० ।  नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । मङ्सिर १० गते देखि प्रारम्भ हुने भनिएको जिल्ला अधिवेशन स्थगित हुने भएको हो । नेपाली कांग्रेस जिल्ला कार्य सम्पादन समितिको बैठकले यही १६ र १७ गते कैलालीको धनगढीमा सम्पन्न गर्नु पर्ने प्रदेश अधिवेशन गर्नु पर्ने तथा जिल्ला अधिवेशनको चुनाबका लागि आवश्यक तयारी गर्नु काम बाकी नै रहेकोले अधिवेशन स्थगित गरिएको कैलाली कांग्रेसका सभापति नर नारायण शाह मनुले जानकारी दिए । नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य तथा सचिव पदका उमेदवार निर्प बहादुर सुनारलाई सम्पर्क गर्दा अब कैलाली कांग्रेसको जिल्ला अधिवेशन कहिले हुन्छ त भन्ने प्रश्नमा उनले अब चाडैं नै आवश्यक तयारी गर्ने तथा मितितय गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय