हिक्मत नेपाली
कमलबजार, मंसिर ११ ।
कमल रावत स्मृति खुल्ला क्रिकेट प्रतियोगिताको एक कार्यक्रम का बिच आज कमलबजारमा उद्वाटन भएको छ ।
चाँदनी काेल्ड स्टोर कमलबजारको आयोजना भईरहेको प्रतियोगिताको उद्वाटन कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्ट र उपप्रमुख भुमिसरण ढकाल बजगाईले संयुक्त रुपका वलिङ्ग र व्याटिङ् गरेर गर्नुभएको थियोे । आयोजक चाँदनी काेल्ड स्टोर कमलबजारका प्रोप्राईटर अर्जुन रावतको अध्यक्षता मा भएको प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अथिती कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्ट रहनुभएको थियोे । बिशिस्ट .अथितिमा उपप्रमुख भुमिसरण ढकाल बजगाईले रहनु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट को सहभागीता रहेको थियोे । कार्यक्रमको सञ्चालन नगर स्तरिय खेलकुद विकास समितिका अध्यक्ष धिरज रावतले गर्नुभएको थियोे । खेलमा ११ टिमले सहभागीता जनाएका छन । आफ्ना स्वर्गीय वुवा कमल रावतको स्मृतिमा आयोजना गर्न लागिएको सो प्रतियोगितामा प्रथम हुनेले रू ७११७१ । द्वितीय हुनेले रू ३११७१ । तृतीय हुनेले १०००० । नगदका साथै ट्रफि र मेडल समेत प्राप्त गर्ने रावतले जानकारी दिए । तत्कालीन समयमा स्थानीय व्यापारी समेत रहेका स्वर्गिय कमल रावतले कमलबजारमा खेलकुद क्षेत्रकोका लागि थुप्रै पहल गर्नुभएको थियो । रावतको स्मृतिमा आयोजना हुने खेलको व्यवस्थापन नगर स्तरीय खेलकुद विकास समिति कमलबजारले गर्ने समितिका अध्यक्ष धिरज रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय