हिक्मत नेपाली , कमलबजार मंसिर ११ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को आज देशै भरि ७५३ वटै स्थानीय निकायमा पालिका अधिबेशन शुरु भएका छन । अछामको कमलबजार नगरपालिकामा पनि केन्द्रको नगर अधिबेशन विधिवत रुपमा एक कार्यक्रमका बिच उद्घाटन भएको छ । नगर कमिटीका अध्यक्ष रण बहादुर बिष्टको अध्यक्षता भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष सरद सिंह भण्डारी रहनु भएको थियो । अथितिमा प्रदेश कमिटी सदस्य बम बहादुर रावत र जोरा सिंह बिष्ट , अनेम केन्द्रीय सदस्य मोतीकला चलाउने , नेकपा एमाले प्रदेश कमिटी सदस्य सारदा कुवर , नेपाली कांग्रेस नगर समिति सदस्य निर्मल बिष्ट नेकपा एकीकृत समाजबादिका जिल्ला सदस्य लोक बहादुर बिष्ट त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका शिवराज बजगाई , सहिद परिवार बाट टेक बहादुर चलाउने लगायत रहनु भएको थियो । खडक भण्डारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन नरेन्द्र बजगाईले गर्नु भएको थियो
