
हिक्मत नेपाली
कमलबजार मंसिर १६ ।
मतदाता नामावली संकलन बिशेष कार्यक्रम अन्तर्गत कमलबजारमा विभिन्न राजनीतिक दल तथा सरोकारवाला संग आज छलफल गरिएको छ ।
कमलबजार नगरपालिकाका काबा नगरप्रमुख भिम बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधि तथा वडा अध्यक्षको उपस्थित रहेको थियो । साथै कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट , ईलाका प्रहरी कार्यालय कमलबजारमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मी राज जोशी लगायतको सहभागिता रहेको थियोे । उक्त छलफल कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाको प्रशासन शाखामा सहायक पाँचौ तहमा कार्यरत पुर्ण प्रसाद बजगाईले गर्नुभएको थियो ।
कमलबजारमा आगामी निर्वाचनलाई लक्षित गरेर मंसिर १७ देखि २६ सम्म निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गर्दैछ । सम्पूर्ण उमेर पुगेका मतदान नामावलीमा सुचिकृत हुन बाँकी सबैलाई सो अवधिमा उपस्थित भई अभियान लाई सफल पारिदिन आग्रह गरिएको छ ।