
निर्मल राजा,धनगढी कैलाली
नेपाली काङग्रेसको १४ औ महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट वरिष्ठ सर्जन डा.मिराज आलम अन्सारी प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
उनी नेपाली काङग्रेसको सदुरपश्चिम प्रदेश अधिवेशमा लोकप्रिय मत ल्याउदै निर्वाचित भएका हुन।
डा.अन्सारीले ५ सय २६ मत ल्याउदै प्रदेश सदस्यमा निर्वाचित भएका हुन ।
लामो समय देखी चिकित्सा पेशाका रेहेका अन्सारीले सदुरपश्चिम तथा देशकै स्वास्थ्य क्षेत्रमा महत्वपर्ण योगदान दिनुका साथै बिभिन्न सामाजिक संस्था तथा सामाजिक कार्यमा समेत तल्लिन छन् ।
डा.अन्सारीले आफुलाई अत्याधिक मत सहित जिताउनु हने मतदाता तथा सहयोग गर्ने अग्रजमा धन्यवाद समेत दिए ।
डा.अन्सारी कैलालीको धनगढी ४ का स्थायीबासी समेत हुन।