निर्मल राजा मंसिर २३
नेपाली काङग्रेसको १४ औं महाधिवेशन नजिकिदै जादा काङग्रेसका नेताहरुले बिभिन्न पदमा आ आफनो उम्मेदबारी घोषणा गर्ने कम्र दिन प्रति जारी छ ।
यस्तै नेपाली काङग्रेसको १४ औं महाधिवेशनमा नेपाली काङग्रेसका प्रभावशाली नेता डा.गोपाल दहित केन्द्रीय सदस्यमा उम्मेदबार हुने भएका छन ।
पुर्व मन्त्री समेत रहेका डा. दहितले आफु केन्द्रीय सदस्यमा लड्ने घोषण गरेका हुन् ।
उनले नेपाली काङग्रेसकालाई चलायमान बनाउन तथा काङग्रेसलाइ जनताको पाटी बनाउनका लागी आफनो केन्द्रीय सदस्यमा उम्मेदबारी रहेको बताएका हुन।
नेपाली काङग्रेसका बौद्धिक नेताको छबि बनाएका नेता दहित एक इमान्दार बैचारिक बहस गर्ने नेतामा पर्दछन् ।
साथै डा.दहितले शसक्त र प्रभावकारी काङग्रेस बनाउन पार्टी सुदृढीकरणका लागी आफनो उम्मेदवारी रहेको बताए ।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणसंगै नेता दहितले सम्पुर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुले मतदान गरि बिजय गराइ दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय