
हिक्मत नेपाली
कमलबजार,मंसिर २४ ।
लैङ्गिक हिंशा बिरुद्धको १६ दिने अभियानको आज देउडा प्रतियोगिता गरि कमलबजारमा समापन गरिएको छ । प्रत्येक बर्ष नोभेम्बर २५ देखि १० डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय स्तरमा मनाईने यो दिवस यश बर्ष पनि घरै बाट सुरु गरौ लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराको साथमा कमलबजार नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरि गरि भव्यताका साथ सफल पारिएको कमलबजार नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख डम्मरा ढुङ्गानाले जानकारी दिनु भयो । विभिन्न गैरसरकारी संस्थाको साझेदारीमा कमलबजार नगरपालिकाले आयोजना गरेको अभियानको समापन कार्यक्रम अन्तरगत देउडा प्रतियोगितामा कमलबजार नगरपालिका वडा नं २ बजुडाको देउडा टिम प्रथम भएको छ । त्यसैगरी द्वितीय वडा नं ७ सेरा र तृतीय वडा नं १० घोडासैन भएको छ । काबा नगर प्रमुख भिम बहादुर बिष्टले प्रथम द्वितीय र तृतीय हुने टिमलाई क्रमश सात हजार , छ हजार र ५ हजार नगद नन्दलाल उणिपुरस्कार प्राप्त हस्तान्तरण गरेका थिए । कमलबजार नगरपालिका कार्यबाहक नगरप्रमुख बिष्टको अध्यक्षता भएको कार्यक्रममा विभन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि ,बालक्लब नगरपालिकाका , ईलाका प्रहरी कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष खेमराज जैसि, नेपालि कांगे्रसका नगर उपसभापति तकमान बिष्ट, नेकपा एकिकृत समाजबादि का प्रतिनिधि, महिला संजालका नगर अध्यक्ष मिलता अधिकारी, बाल संजालका नगर अध्यक्ष सिता थापा, वाक नेपालका सरिता बिष्ट, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नगर स्थित सरोकारवालाहरुको सहभागिता थियो ।कमलबजार नगरपालिका महिला तथा बालबालिका साखा प्रमुख डम्मर ढुगानाको स्वागत मन्त्ब्य बाट सूरु भएको कार्यक्रमको संचालन स्थानिय बाल संरक्षण फोकल प्रसन पबित्रा भण्डारीले गर्नु भएको थियो।