कमलबजार, पाैष २० ।
प्राेग्रेसिभ ईन्जिनियर एसोसिएसन नेपाल (पिन)को अछाम जिल्ला सम्मेलन बाट विबेक खड्का अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
जिल्ला स्तरिय अगुवा पिन समर्थित ईन्जिनियरको भर्चुअल मार्फत भएको भेलाले ईन्जिनियर विवेक खड्का सर्वसम्मत चयन हुनु भएको हो यस्तै उपाध्यक्षमा सुरेश दमाई, सचिवमा झनक अधिकारी,तथा कोषाध्यक्षमा बिकास साउद लगायत १७ सदस्यीय नयाँ समिति गठन भएको नवनिर्वाचित उपाध्यक्ष सुरेश दमाईले कमलबजार मिडिया प्रा लि द्वारा सञ्चालित कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो । उपाध्यक्ष तथा सचिवमा चयन हुनुभएका दमाई र अधिकारी कमलबजार नगरपालिका वडा नं ८ र ७ का स्थानीयवासी हुन । दमाई लामो समय देखि शिक्षण पेसामा आवद्ध छन र अधिकारी मंगलसेन नगरपालिकामा कार्यरत छन ।
पिन अछामको सदस्यमा भने महेन्द्र कुँवर, सन्देश रावत, बुद्धि साउद, तिलक चलाउन, खेमराज नायक, भिम तिमिल्सिना, मनिषा थापा, हेमन्त कुँवर, दीपक साउद, यम्मेश्वरी खनाल, रोशन खड्का, योगेश कुँवर, रवि कुँवर सदस्यमा सर्वसम्मत चयन भएक नवनिर्वाचत उपाध्यक्ष दमाईले जानकारी दिनु भयो ।
ADVERTISEMENT