हिक्मत नेपाली
कमलबजार, पौष २३
नगरपालिका स्तरिय बालमैत्री स्थानिय शासन समिती गठन तथा अभिमुखीकरण कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको आयोजनामा भएको कार्यक्रम कमलबजार नगर उपप्रमुख भुमिशरण ढकाल बजगाईको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख ओमप्रकाश बिष्ट रहनु भएको थियो । आस्था नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित नगरपालिका स्तरिय बालमैत्री स्थानिय शासन समिती गठन कार्यक्रममा कमलबजार नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षको उपस्थीती रहेको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय कमलबजारमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मी राज जोशी , नगरपालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारी ,पत्रकार, बिभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिको समेत उपस्थिीती रहेको आस्था नेपालमा कार्यरत लभजङ्ग कँवरले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो ।
ADVERTISEMENT