टीकापुर जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको घोषणा माछा मार्नका लागि थापिएको बल्छी जस्तै भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गराउन खोजेको चुनाव कम्बोडियामा प्रधानमन्त्री हुनसेनले गरेजस्तो भएको उनले आरोप लगाए ।

कैलालीको टीकापुरमा आयोजित सभालाई बुधवार सम्बोधन गर्दै भट्टराईले अहिले चुनाव हुन्छ र सत्तामा पुग्छौ भनेर र्‍याल नकाढ्न काग्रेससँग आग्रह गरेका हुन ।


ADVERTISEMENT

‘प्रधानमन्त्री ओलीले गराउन खोजेको चुनाव कम्बोडियामा हुनसेनले गराएजस्तो हो, ३० वर्षसम्म सरकारको नेतृत्व गरेका हुनसेनले पनि बेलाबखत चुनाव गराएर ९० प्रतिशत सिट जित्ने गर्छन,’ भट्टराईले भने ।

नेता भट्टराईले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद पुन:स्थापना हुँदैन भनेर भन्न नमिल्ने जिकिर गरे । ‘सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुन:स्थापनाको निर्णय भइहाल्छ भनेर ढुक्क हुने अवस्था छैन । हामी सबै सडकमा आएर जनता लोकतन्त्रको पक्षमा छन्, नडराई निर्णय गर्नुस् भन्नु पर्ने अवस्था छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय